Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0
कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव
120
SHARES
ShareTweet

भैरहवा । कर्मचारी मिलन केन्द्र, रुपन्देहीले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गरेको छ । मिलन केन्द्रद्वारा प्रकाशित भित्तेपात्रोको मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, केन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरतबहादुर विक, सशस्त्र प्रहरी नं. २७ गणका प्रमुख (एसपी) दीपक थापा लगायतले संयुक्तरुपमा विमोचन गरेका हुन् ।
भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मिलन केन्द्रका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले पछिल्लो समय संस्थाले कर्मचारीको हकहितसँगै सामाजिक कार्य पनि गरिरहेको भन्दै प्रशंसा गरे । उनले आउँदा दिनमा पेशागत मर्यादा, कार्यसम्पादन, बृत्तिविकाससँगै सामाजिक क्षेत्रलाई पनि प्राथमिकता दिएर अघि बढ्न सुझाव दिए ।
मिलन केन्द्रले विभिन्न ठाउँमा सहयोग, कर्मचारीको हकहितमा काम र विभिन्न दिवसका अवसरमा सहभागिता जनाउँदै आएको बताउँदै पाण्डेले आउँदा दिनमा तीन तहका कर्मचारीलाई एकताबद्ध गर्दै एकआपसमा भाइचाराको विकास गर्नुपर्ने सुझाव दिए । उनले नयाँ वर्षसँगै कर्मचारीको बृत्तिविकास हुनेमा विश्वास गर्दै जनभावना र कानूनको परिधिमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिए । ‘नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै कर्मचारीलाई गुनासोरहित कार्य गर्न प्रेरणा प्रदान गरोस्’, उनले शुभकामना दिँदै भने ।
मिलन केन्द्रका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले सबै कर्मचारीले जवाफदेहीताको ख्याल गर्दै जिम्मेवारीमा अब्बल बनेर आमनागरिकलाई सेवा प्रवाहमा सन्तुष्ट बनाउनुपर्नेमा जोड दिए । २०७९ सालमा रुपन्देहीका सबैजसो कार्यालयले गुनासोरहित कार्यसम्पादन गरेको जनाउँदै अर्यालले नयाँ वर्ष २०८० मा पनि अझै उत्कृष्ट कार्यसम्पादन गर्न सबै कर्मचारीलाई आग्रह गरे । ‘यहाँहरुले विगतमा गरेको काम जस्तै आगामी वर्ष पनि दैनिक कार्यसम्पादन उत्कृष्ट, अनुकरणीय, नागरिकमैत्री बनोस्’, उनले भने, ‘सबै कर्मचारीको बृत्तिविकास होस्, नयाँ उर्जा थपियोस् र यहाँहरुको भूमिका सम्झन लायक बनोस्, यो मेरो शुभकामना ।’
अध्यक्ष अर्यालले यो वर्ष कार्यालय भन्दा अतिरिक्त समय निकालेर रुपन्देहीको मानवसेवा आश्रमलगायत ४ ठाउँमा केन्द्रमार्फत् सहयोग गरिएको, भित्तेपात्रो प्रकाशन गरिएको, कर्मचारी हकहितमा काम गरिएको जनाए । उनले भित्तेपात्रोमा जिल्लाका अधिकांश पर्यटकीय स्थल र गौरवका आयोजनालाई समावेश गरी प्रचाप्रसार र प्रबद्र्धनको कार्य गर्ने प्रयास भएको बताए । आउँदा दिनमा कर्मचारीको क्षमता विकास, लोकसेवा आयोगका तयारी कक्षा संचालन, सरकारी कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि प्रतिवेदन तयार गर्ने, रक्तदान आयोजना गर्ने, स्मारिका प्रकाशन गर्ने र कर्मचारीलाई उत्प्रेरणाका तालिमहरु संचालन गर्ने तयारी गरिरहेको अर्यालले बताए ।
भित्तेपात्रो प्रकाशन समिति संयोजक एवं मिलन केन्द्रकी उपाध्यक्ष धर्मा अर्यालले नयाँ वर्षले सबै कर्मचारीहरुको पेशागत र व्यक्तिगत जीवनमा सफलता प्रदान गर्ने विश्वास व्यक्त गरिन् । उनले सबैको सहयोगले भित्तेपात्रो प्रकाशन गर्न सकिएको जनाउँदै आउँदा दिनमा पनि निरन्तर सहकार्यले मिलन केन्द्रलाई भरोसायोग्य बनाउन सकिने बताइन् । मिलन केन्द्रका कोषाध्यक्ष युवराज पौडेलले नयाँ वर्षले सबै कर्मचारीहरुको पेशागत जीवनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले केन्द्रको कोषलाई बलियो बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

Next Post ≫

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क