Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0
नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ
110
SHARES
ShareTweet

भैरहवा । उप–प्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निस्क्रिय रहेको नागरिकता सम्बन्धि विधेयकलाई अगाडी बढाउने बताएका छन् । मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न नमिल्ने जिकिर गरे ।
प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकता बिहिन बनाएर राख्न नसकिने बताए । नागरिकता बिहिन भएको पिडा हामीले बोध गर्न सक्नुपर्छ, उनले भने–‘संविधान अनुसार नागरिकता पाउने गरि बनाईएको विधेयक अगाडी बढाउछौं ।’
नागरिकता सम्बन्धित केही बिषयमा राष्ट्रिय सहमति गर्नुपर्ने भएकाले त्यसबारेमा सबै राजनैतिक पार्टी एवम राष्ट्रिय जिवनका महत्वपूर्ण ब्यक्तित्वहरुसंग छलफल गरिने उनले बताए ।
मन्त्री श्रेष्ठले संविधान सभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजन गर्ने २ प्रक्रिया सकेको र संक्रमणकालीन न्याय सम्बन्धि काम बाँकी रहेकोले यसलाई पुरा गरिनुपर्ने जोड दिए ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरेर अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धिमा फड्को मार्न सकिने बताउदै एक दुई दिनमै अर्थतन्त्रको समस्याहरु पहिचान गर्न र यसको समाधानको उपाय बारे बिज्ञहरु सहित बैठक बस्ने तयारी भई रहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठले आफुले गृहमन्त्रालय सम्हाले देखि नै आन्तरिक सुशासन र बाह्य सुशासनमा जोड दिएको बताए । प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाव र अन्य दबाबले भूमिका खेल्न नपाओस भन्ने कुरामा आफु सतर्क रहेको उनको भनाई छ ।

≪ Previous Post

दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

Next Post ≫

कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क