Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७९ · 0
दीप बोर्डिङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
70
SHARES
ShareTweet

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा सोमबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान गरिएको थियो भने विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा किशोर थापा र विजय सापकोटाको संयोजनमा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी दीप साहित्यिक परिवारका विद्यार्थीहरूले शिक्षक पुरुषोत्तम पाण्डेद्वारा लिखित समसामयिक विषयवस्तु समेटिएको हामी कहाँ छौ ? शीर्षकको नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा कार्यरत शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशको उन्नति र प्रगतिका लागि विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिनुपर्ने, विद्यार्थीहरूलाई पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताउँदै दीप बोर्डिङ हाई स्कुलले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरूको समुज्वल भविष्यका लागि शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि रचनात्मक भूमिका हुने कुरा बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार डा. तिलक आचार्यले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा यस विद्यालयको थप शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष उमाकान्त चापागाई, सदस्य वसन्तकुमार जोशी, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, लेखा प्रमुख रेखा श्रेष्ठ लगायतले दीप बोर्डिङले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक सत्र २०७९ मा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना गर्नुभयो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गर्नुभएको थियो ।

≪ Previous Post

उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट शुरु, वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः अध्यक्ष

Next Post ≫

नागरिकताको अधिकार भएकाहरुलाई नागरिकता बिहिन बनाएर राख्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क