Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर

संसारपोस्ट संवाददाता · २६ चैत्र २०७९ · 0
तिलोत्तमाका अटो रिक्सा चालकको माग : बुटवलामा धरपकड वन्द गर
100
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिकादेखि बुटवल उपमहानगरपालिका सम्म सहज रुपमा अटो, टेम्पो तथा ई–रिक्सा आवतजावतको व्यवस्था हुनुपर्नेमा तिलोत्तमा नगरका अटो, टेम्पो तथा ई–रिक्सा चालकले माग गरेका छन् ।

पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको बुटवल उपमहानगरपालिकामा अन्य पालिकाका अटो, टेम्पो तथा ई–रिक्सालाई प्रवेशमा रोक लगाएको र अनावश्यक तथा अव्यवाहारिक जरिवाना अशुल्ने गरेको गुनासो गर्दै यस्तो किसिमको अव्यवहारिक नियम हटाउनुपर्ने उनीहरुले माग राखेका छन् ।
शनिबार नेपाल अटो, टेम्पो तथा ई–रिक्सा चालक संघ, तिलोत्तमा नगर समितिको प्रथम नगर अधिवेशनमा सहभागि चालकहरुले यस्तो माग राखेका हुन । बुटवल उपमहानगरमा सुविधासम्पन्न स्वास्थ्य संस्थाहरु रहेको र इर्मरजेन्सी विरामी लिएर अस्पताल जाँदा समेत प्रहरीले धरपकड गरी अनावश्यक दुख दिने गरेको भन्दै यस्तो अमानवीय व्यवहार नगर्नको लागि उनीहरुले आग्रह समेत गरेका छन् ।

बुटवल उपमहानगरपालिका भित्र अन्य पालिकाका अटो तथा रिक्सा चल्न नपाउने नियममा आफुहरु सहमत भएपनि अक्स्मात जरुरी परेर अन्य पालिकामा यात्रु बुटवल छोडन जान र फिर्ता आउन सहज रुपमा पाउनु पर्नेमा उनीहरुको माग रहेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला समिती सदस्य राजकुमार वाग्लेले चालकहरुको माग जायज रहेको भन्दै यसका लागि बुटवल उपमहानगरपालिकासंग पहल गर्ने आश्वासन दिए । सर्वप्रथम तिलोत्तमा नगरपालिकामा पनि रिक्सा दर्ता गरी व्यवस्थित रुपले सञ्चालन गर्न सकेमा यस्तो समस्या भोग्न नपर्ने भन्दै यसको लागि तिलोत्तमा नगरपालिकालाई पनि ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस रुपन्देही जिल्ला अध्यक्ष लालमणी भण्डारी, सदस्य बिष्णु प्रसाद पौडेल, तिलोत्तमा नगर अध्यक्ष भरत प्रसाद भुसाल, नेपाल अटो, टेम्पो तथा ई–रिक्सा चालक संघ बुटवल नगर कमिटि अध्यक्ष उदय परियार, सचिव प्रकाश खनाल लगायतले बोल्दै मजदुरले परिश्रम गरेर खान पाउनुपर्ने बातावरण निर्माणको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रम संस्थाका अध्यक्ष शेषकान्त भुषालको अध्यक्षता र सचिव खड्ग बहादुर के.सी.को संचालनमा सम्पन्न भएको थियो ।
अध्यक्षमा पुनः शेषकान्त भुसाल
नेपाल अटो, टेम्पो तथा ई–रिक्सा चालक संघ, तिलोत्तमा नगर समितिको प्रथम नगर अधिवेशनले  पुनः शेषकान्त भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको  उपाध्यक्षमा बल बहादुर के.सी., सचिवमा खड्ग बहादुर के.सी., सह–सचिवमा घनश्याम उपाध्याय र कोषाध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन । त्यस्तै सदस्यहरुमा खड्ग बहादुर बस्नेत, पुर्ण चन्द्र बस्याल, कमल बिश्वकर्मा, भुपाल बमरेल, कृष्ण के.सी. र भिमलाल घिमिरे चयन भएको निर्वाचन संयोजक भरत प्रसाद भुसालले जानकारी दिए ।

≪ Previous Post

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

Next Post ≫

नवजिवन क्लबको अध्यक्षमा  केशव भुसाल निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क