महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।
त्यसैगरी कार्य समिती सदस्यमा १० जना बाबुराम गौतम प्यानलका ले जितेका छन भने एक जना मात्र लेखनाथ भण्डारी प्यानलकाले जितेका छन ।
मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे,कमला पाण्डे, दामाेदर पाैडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल,मुरारी पाण्डेय,यज्ञमुर्ति भण्डारी,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी भएका छन् ।
२०५६ सालमा स्थापना भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार २ सय ३ जना ब्यबसायी आबद्ध रहेकोमा १ हजार ७० जनाले मतदानमा भागलिएका थिए।