Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫  सिद्धार्थनगर मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ६ लाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

 सिद्धार्थनगर मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ६ लाई

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७९ · 0
 सिद्धार्थनगर मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ६ लाई
90
SHARES
ShareTweet

भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै र वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ रनले पराजित गर्दै फाइनल पुगेका थिए ।

जितसँगै वडा नम्बर ६ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ६० रनको समान्य योगफल बनायो । उसका लागि आषिश रोकाले १६ र अर्मान मल्लिकले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का सुरज गुरुङ, प्रवेश अन्सारी र इकलाख वारिसले समान २–२ विकेट लिए ।
प्रतिउत्तरमा ६१ रनको झिनो लक्ष्य पछ्याएको वडा नम्बर ६ ले ९.४ ओभरमा २ विकेटको क्षतिमा ६६ रन बनाउँदै लक्ष्य पूरा गर्याे र मेयर कपको उपाधि चुम्न सफल भयो । उसको जितमा प्रवेश अन्सारीले २७, अर्जुन चौधरीले नटआउट २१ र अकबर अलीले नटआउट ९ रनको योगदान दिए । बलिङमा वडा नम्बर ३ का अर्जुन चौहान र मैनउद्दिन शेषले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ६ का प्रवेश अन्सारी म्यान अफ द फाइनल घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा वडा नम्बर ६ का सुरज गुरुङ म्यान अफ द सिरिज भई ११ हजारसहित ट्रफी र मेडल पाए भने वडा नम्बर ८ का सुमन अधिकारी उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का सुजन न्यौपाने उत्कृष्ट ब्याट्सम्यान बने । उनीहरु दुबैजनाले जनही ५ हजार एक सयका दरले नगदसहित ट्रफी र मेडल पाए ।
विजेता र उपविजेता खेलाडीहरुलाई जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चापागाईं, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, वडाध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए । स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

≪ Previous Post

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन

Next Post ≫

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क