Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिभिन्न मुद्धाका १३ जना फरार प्रतिवादी पक्राउ
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिभिन्न मुद्धाका १३ जना फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0
बिभिन्न मुद्धाका १३ जना फरार प्रतिवादी पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले बिभिन्न अपराधमा संलग्न भई जिल्ला अदालत रुपन्देहीले कैद सजाय फैसला गरेका विभिन्न मुद्धाका १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबै रुपन्देहीको देवदह नगरपालिकाका रहेका प्रहरीले जनाएको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई निजहरुकै घर वतनवाट पक्राउ गरी
१७ महिना १६ दिन कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत रुपन्देहीमा वुझाएको प्रहरीले जनाएको छ । उनीहरुवाट १ लाख ७४ हजार १५३ रुपैयाँ १३ पैसा जरिवाना अशुल गरिएको समेत प्रहरीले जनारुएको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालतको मिति २०७२।१०।२५ गतेको फैसलाले जुवा मुद्धामा २०० जरिवानाभएका फरार देवदह नगरपालिका वडा नं. १ बस्ने कान्छी गुरुङ र हरिप्रसाद खनाल, २०७६।०९।०६ गतेको फैसलाले ठगी मुद्धामा १ बर्ष कैद र रु.२५ हजार जरिवाना भएका फरार देवदह– ११ बस्ने दामोदर चौधरी र २०६४।०९।३० गतेको फैसलाले वन मुद्धामा १ महिना कैद भएका फरार प्रतिवादी देवदह–२ बस्ने गंगा राम बि.क. रहेका छन् ।
यस्तै मिति २०७१।०३।२९ गतेको फैसलाले वनमुद्धामा १५ दिन कैद र रु.४३ हजार २०० जरिवाना भएका फरार प्रतिवादी देवदह– ५ शितलनगर बस्ने दल बहादुर थापा, देवदह– ५ शितलनगर बस्ने टेक वहादुर सुनार, देवदह– ५ शितलनगर बस्ने यम बहादुर क्षेत्री, मिति २०६४।०९।३० गतेको फैसलाले वन मुद्धामा १ महिना कैद र रु.५०० जरिवाना भएका फरार देवदह– २ बस्ने रमेश कुमाल र मिति २०६३।०२।०१ गतेको फैसलाले वन मुद्धामा ३ हजार ६५३ रुपैयाँ १३ पैसा जरिवाना भएका फरार प्रतिवादी देवदह– ६ बस्ने धनुवा कान्छो कामी रहेका छन् ।
यसैगरी मिति २०७६।०३।२३ गतेको फैसलाले चोरी अन्य मुद्धामा रु.३ हजार जरिवाना भएका फरार प्रतिवादी देवदह– १ भमरावारी बस्ने सागर खवास, मिति २०७३।०५।०६ गतेको फैसलाले साधारण चोरी मुद्धामा १ दिन कैद र रु.५ हजार जरिवाना भएका फरार देवदह– १ बस्ने राम बहादुर लामा तामाङ, मिति २०७१।१०।१७ गतेको फैसलाले सार्वजनिक मुद्धामा रु.५ हजार जरिवाना भएका फरार देवदह– ८ बस्ने निशव श्रेष्ठ र मिति २०४४।०२।०९ गतेको फैसलाले बहुबिवाह मुद्धामा २ महिना कैद र रु.२ हजार जरिवाना भएका फरार प्रतिवादी देवदह– ५ बस्ने धुव्र कुमार श्रेष्ठ रहेका छन् ।

≪ Previous Post

भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी

Next Post ≫

बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क