Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी

संसारपोस्ट संवाददाता · २३ चैत्र २०७९ · 0
भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी
140
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ । उद्घाटनका अवसरमा भएका तीन खेलमा वडा नम्बर एक १० विकेट, वडा नम्बर आठ ६ विकेट र वडा नम्बर तीन ५२ रनले विजयी भएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा निर्धारित १२ ओभरको खेलमा टस हारेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ६ वकेको क्षतिमा ६० रन बनायो । उसका लागि राजु रौनियारले नटआउट र अजय यादवले ११–११ र सुनिल चौधरीले १० रन बनाए । वडा नम्बर १ का सोयल खानले ३, राजेन्द्र यादव, एजाद खान र सागर थापाले १–१ विकेट लिए । जवाफमा वडा नम्बर १ ले ४.४ ओभरमा विना क्षति ६१ रन बनाउँदै जित निकाल्यो । उसका लागि एजात खानले ३४ र अन्तिम थापाले २३ रन बनाए । सोयल खान म्यान अफ द म्याच भए ।
यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा ७० रन बनायो । उसका लागि मोहम्मद रफिकले ३२ र अक्षय रानाले १३ रन बनाए । बलिङमा वडा नम्बर ८ का सुमन अधिकारीले ३, फरमान मल्लिकले २ र कृष्ण कुँवरले १ विकेट लिए । जवाफमा वडा नम्बर ८ ले ९.४ ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाई जित निकाल्यो । उसका लागि सागर यादवले २६, इमरान खानले १४, आषिश सिंहले १३ र सयवान शेषले नटआउट १२ रन जोडे । बलिङमा वडा नम्बर ७ का भवर शाहीले २, अक्षय राना र आकाश काफ्लेले १–१ विकेट लिए । सुमन अधिकारी म्यान अफ द म्याच भए ।
यस्तै, तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय २९ रन बनायो । उसका लागि सुजन न्यौपानले ४९, खुश्बुउद्दिन धुनियाले र आषिश रोकाले समान २६–२६ रन बनाए । बलिङमा वडा नम्बर १० का दिनेश साहनीले १ विकेट लिए । जवाफमा वडा नम्बर १० सबै विकेटको क्षतिमा १०.५ ओभरमा ७७ रनमै समेटियो । उसका लागि हरिकेष मौर्यले नटआउट ३१, हरिशंकर मिश्राले १० रन बनाए । बलिङमा वडा नम्बर ३ का अभिनाष अली, मैनउद्दिन शेष, अर्जुन चौहानले समान २–२ विकेट लिए । म्यान अफ द म्याच सुजन न्यौपाने भए ।
प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगिता नगरपालिकाका १३ वटा वडाका १३ टीम सहभागी छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले नगर क्षेत्रमा हुने यस्ता खेलकुदले नयाँ खेलाडी उत्पादन र खेलाडीको खेल कौशललाई बाहिर ल्याउन मद्दत पुग्ने जनाए । नगर प्रमुख इश्तियाक अहमद खानले खेल क्षेत्रको विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिएर बेलाबेला विभिन्न प्रतियोगिता आयोजना गरिरहेको जनाए । उनले खेलले राष्ट्रलाई एकताबद्ध गर्ने र विश्वभर चिनाउन मद्दत पुग्ने जनाए । नगर उपप्रमुख उमा अधिकारीले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा महिला खेलाडीहरुको प्रोत्साहनका लागि विद्यालयस्तरीय उपमेयर कपको पनि आयोजना गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

≪ Previous Post

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा (भाडा दरसहित)

Next Post ≫

बिभिन्न मुद्धाका १३ जना फरार प्रतिवादी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क