Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नेतृत्वका लागि गौतम र भण्डारी चुनावी मैदानमा, कोषाध्यक्षमा न्यौपाने निर्विरोध
160
SHARES
ShareTweet

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरु भएको छ । संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । सोमवार भएको उम्मेदवारी दर्तामा संघको कोषाध्यक्ष वाहेकका पदमा दोहोरो उम्मेदवारी परेको छ ।
यही चैत २४ र २५ गते संघको २२ औ साधारण सभा तथा ११ औ अधिबेशन हुने भएको छ । नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका अनुसार कोषाध्यक्षमा रामबहादुर न्यौपानेको एकल उम्मेदवारी परेको छ भने अन्य सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।
संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । ं
दुवै प्यानलका अध्यक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दावि गरेका छन् । मुलुकमा देखा परेको आर्थिक मन्दीले होटल व्यवसाय पनि थला परेको बेला हुन थालेको संघको अधिबेशनमा दुवै प्यानलका अध्यक्षका उम्मेदवारले व्यवसायीहरुले भोग्नु परेका समस्यामा केन्द्रितहुने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्षका प्रत्यासी बाबुराम गौतमले यस क्षेत्रका व्यवसायीका समस्या समाधान र चर्को घर भाडा दोहोरो कर र यस क्षेत्रका पर्यटन व्यवसायीलाई टेवा पुराउने गरि बुटवलमा पर्यटन कार्यालय स्थापना लगाएतमा आफ्नो प्यानलको ध्यान रहने औल्याउनु भयो ।
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी लेखनाथ भण्डारीले लुम्बिनी प्रदेशको राजधानी बुटवलवाट दाङ सरेसंगै यहाँका व्यवसायीले खेप्नु परेका तमाम समस्याको समाधानमा पहलकदमी रहने औल्याउनु भयो । भण्डारीले कोभिडले थला परेको ब्यवसाय र व्यवसायीलाई संरक्षण गदै रुपन्देहीमा व्यवसायी कएकतामा ध्यानदिने प्रतिवद्धता जनाउनु भयो ।
संघको वरिष्ठ उपाध्यक्षमा माधवकुमार खनाल र टंकप्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्रबहादुर पौडेल(टेकु) र रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष्यमा केशवराज कंडेल र टंकप्रसाद पराजुली (प्रकाश), द्धितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई र खुमराज ज्ञवाली, महासचिवमा अर्जुन थापा र मोहनलाल पाण्डे तथा कोषाध्यक्षमा रामबहादुर न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । यस्तै सचिवमा थम्मनबहादुर भण्डारी र डिल्लीराज अर्याल, सह सचिवमा अर्जुन पोख्रेल र मोहन बस्याल तथा सहकोषाध्यक्षमा कृष्णप्रसाद पाण्डे र माधव ढकाल मैदानमा उत्रिनु भएको छ ।
संघको १० पदाधिकारी र ११ सदस्य सहित २१ पदका लागि ४१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद वस्यालले जानकारी दिनुभयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार २ सय ३ जना ब्यवसायी आवद्ध छन् ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ५ लाख वढिको अवैध कपडा वरामद

Next Post ≫

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क