भैरहवा । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले ५ लाख बढिको अवैध कपडा वरामद गरेको छ ।
सोमवार बिहान ६ः०० बजेको समयमा भारत बाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याउदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ डाँडागाँउबाट उक्त अवैध कपडा वरामद गरेको हो ।
प्रहरी टोलीले चोरी पैठारी गरी ल्याउदै गरेको पठानी जेन्स सुट १४५ पिस, टप सेट ३०२ पिस, कुर्ता सुरवाल ३९ पिस, टिसर्ट २९७ पिस, जेन्स सट १५० पिस, साडी ३७० पिस, जुत्ता २६ जोर र टप्स ७५ पिस गरी अन्दाजी मुल्य रु. ५ लाख ४५ हजार ५०० बरावरको कपडाहरु वेवारिसे अवस्थामा फेला पारी स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको प्रहरीले जनाएको छ । वरामद भएको कपडा आवश्यक कारवाहीको लागि प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
