Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छोरा र श्रीमान्लाई स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न जरुरी ः गर्भनर नेपाल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छोरा र श्रीमान्लाई स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न जरुरी ः गर्भनर नेपाल

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
छोरा र श्रीमान्लाई स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न जरुरी ः गर्भनर नेपाल
140
SHARES
ShareTweet


बुटवल, १८ साउन ।

नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह गर्नु भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उहाँले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिएपनि स्वदेशको कमाई दीगो र देशलाई सम्बृद्ध बनाउन महत्वपूर्ण हुने बताउनु भयो । गर्भनर डा. नेपालले राष्ट्र बैकले लिएको वित्तीय साक्षरता अभियानको नीतिलाई बैंकले कार्यान्वयनमा भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै समावेशी अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषीजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको बताउँदै युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । पाल्पा गृह जिल्ला भएका गर्भनर नेपालले पाल्पामा व्यवसायीक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले नेपाल सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतका सबै बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने भएकाले त्यस्तो अनुदानलाई उपयोग गर्न स्थानीय कृषक तथा लक्षित बर्गलाई अनुरोध गर्नुभयो । उहांले मर्जर एक्विजिशनको माध्यमवाट सवल र सुदृढ बैक तथा वित्तीय संस्था हँुदा ठुलो लगानी गर्न सक्ने क्षमता हुने हुँदा वित्तीय संस्थाको क्षमता र स्तरबृद्धिका लागि मर्जरको नीति ल्याएको बताउनु भयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तिनाउँ गाउपालिकामा एउटा मात्रै बैंक भएको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाखा कार्यालय स्थापना गरी सचेतना कार्यक्रम गरेकोमा गाउँमा बैक र लगानी प्रति सर्बसाधारणको अत्यन्त सकारात्मक भावना बढेको बताउनु भयो । उहाँले तानसेनदेखि बुटवलको बीच क्षेत्रका सर्बसाधारणका लागि निक्षेप संकलन र कर्जा प्रवाहमा यो बैक सहयोगी हुने बताउँदै सेवा प्रवाहमा चुस्त राख्न सुझाव दिनुभयो ।

मस्याम एकीकृत क्याम्पसका प्राचार्य घनबहादुर कार्कीले बैंकहरु नाफा केन्द्रीत मात्र हुन्छन भन्ने ग्रामिण क्षेत्रका जनताको सोंचलाई यो बैंकले परिवर्तन गरेको बताउँदै सरकारले दिने अनुदान र ब्याज अनुदानका कार्यक्रमबाट कर्जा प्रवाह गरी युवा पलायन रोक्न र स्थानीय आय बढाउन बैंक सफल रहोस भन्ने कमना गर्नुभयो ।

सोही अवसरमा स्थानीय महिला उद्यमीहरु गोमा भण्डारी, सिता कुमारी अस्लामी, दुर्गा बिष्ट र साबित्रा जिसीलाई दोसल्ला र प्रसंशा पत्रबाट सम्मान गरिएको थियो भने स्थानीय मस्याम एकीकृत क्याम्पसमा जेहेन्दार बिद्यार्थी छात्रबृत्ति बितरणका लागि रु. ५० हजार रुपैया दिने घोषणा गरिएको थियो ।

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै अव छिट्टै राष्ट्रियस्तरको डेभलपमेण्टका रुपमा स्तरोन्नती हुने जानकारी दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी गराउँदै स्थानीय नगरपालिका तथा गाउपालिकाहरुसंगको सहकार्य र समन्वयमा सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक नेपालीको बैंक खाता अभियान अनुरुप ग्रामिण क्षेत्रमा बैंकिङ्ग पहुँच पु¥याउने अभियानमा रहेको बताउनु भयो ।

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्व र प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

≪ Previous Post

नाट्टा पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार ढुँगाना सम्मानित

Next Post ≫

साझा सूचिका अधिकारमा देखिएका दोहोरोपना हटाउनु पर्छ : सभामुख घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क