Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0
मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग
90
SHARES
ShareTweet

तिलोत्तमा । मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन अविलम्ब कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको बस्तुगत समिति बैठकमा उद्योगी व्यवसायीहरुले मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन संसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।

उक्त कानुनको अभावमा विदेशबाट कच्चा पदार्थ आयात गरि वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतीतपत्र खोल्नेदेखि सिपिङ, ट्रान्जिट हुदैँ उद्योगसम्म कच्चापदार्थ आइपुग्न चार महिनासम्म लाग्ने र वस्तु उत्पादन गरि बजारमा जादाँ धेरै जसो उधोरोमा जाने भएकाले उधारो उठाउने सम्बन्धी ऐन अविलम्ब ल्याउनुपर्ने उनीहरुले माग गरेका हुन् ।

त्यससंगै उनीहरुले दर्ता नगरि व्यवसाय सञ्चालन भईरहँदा दर्ता भएका व्यवसायलाई समस्या, अन्डर विलिङ, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दा विभिन्न प्रकारका कर, दोहोरो तेहोरो कर प्रणाली, चर्को बैंक व्याज लगायतका कारण उद्योगी व्यवसायी मारमा परेको बताएका थिए ।

कार्यक्रममा बोल्दै संघका उद्योग उपाध्यक्ष सुरज पंगेनीले उद्योगी व्यवसायीका समस्याको पहिचान गरेर समाधानको लागि साझा पहल गर्नको लागि कार्यक्रम गरिएको बताउनु भयो । संघमा गठन गरिएका २३ वटै बस्तुगत समितिबाट समस्याहरु संकलन गर्ने र संघबाट हुने समस्या समाधानको लागि संघले पहल गर्ने र प्रदेश तथा केन्द्रबाट हुने समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति र महासंघ मार्फत समाधानको पहल गर्ने उहाँले बताउनु भयो ।

संघका महासचिव राजकुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा एशोसियट सदस्य किशोर पंगेनी, कार्यसमिति सदस्य रुसतम कंडेल, अमनमान श्रेष्ठ तथा बस्तुगत समितिका संयोजक तथा सदस्यहरुले आफ्ना आफ्ना व्यवसायिक समस्या उठान गर्नुभएको थियो । शनिबार प्लाष्टिक, होटल तथा रेष्टुरेन्ट, औषधी उद्योग, स्टिल तथा आलमुनियम तथा व्यूटीपार्लर बस्तुगत समितिसंग समवन्धित समस्याहरु र ती समस्याको समाधानको उपायको बारेमा छलफल गरिएको महासचिव पाण्डेले जानकारी गराउनु भयो ।

≪ Previous Post

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

Next Post ≫

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क