Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७९ · 0
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
60
SHARES
ShareTweet

बुटवल । बुटवल वहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ ।
अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासलाई करिब ५ सय बढी मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा नेपाल बिद्यार्थी संघका सागर पौडेल तेस्रो भएका छन् ।
त्यसैगरी सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समूहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।
निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक नगरेपनि अनेरास्ववियुको प्यानलले करिब ५ सयको अग्रतामा जितेको स्रोतले जनाएको छ । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

≪ Previous Post

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन उद्योगी ब्यवसायीको माग

Next Post ≫

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क