Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओमसतियामा अध्यक्ष कप–२०७९ सुरु, उद्घाटन खेलमा ओमसतिया–४ विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

ओमसतियामा अध्यक्ष कप–२०७९ सुरु, उद्घाटन खेलमा ओमसतिया–४ विजयी

संसारपोस्ट संवाददाता · २ चैत्र २०७९ · 0
ओमसतियामा अध्यक्ष कप–२०७९ सुरु, उद्घाटन खेलमा ओमसतिया–४ विजयी
80
SHARES
ShareTweet

भैरहवा । ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु भएको छ । ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भूमि भएको र यहाबाट नया नया खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप सुरु गरिएको आयोजकको भनाई छ ।

बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गरेको छ । सुरुमा ब्याटिङ्ग गर्न आएको वडा नम्बर ३ ले निर्धारित १५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ बनाएको थियो । उसको लागि मनिराम चौधरीले सर्वाधिक ३५ रन बनाउदा असमान चौधरीले १७ रन र धर्मेन्द्र चौधरीले १६रन बनाए ।

बलिङ्ग तर्फ ओमसतिया ४ का पिन्टु सहानीले ३ विकेट लिए । यस्तै धनन्जय धवल र अमर लिम्बुले समान २÷२ विकेट लिए ।

१ सय २५ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ४ लाई धवल दाजुभाईले सहज जित तर्फ डो¥याएका थिए । वडा नम्बर ४ का धनन्जय धवलले अर्धशतकिय पारी खेल्दै आफ्नो टिमलाई जित दिलाए । उनले २२ बलमा ५९ रन बनाउन ७ वटा छक्का र २ वटा चौका प्रहार गरेका थिए । यस्तै सन्जय धवलले २७ रन र पिन्टु सहानीको ८ रनको सहयोगमा खेलको १३ औ ओभरमै वडा नम्बर ४ ले निर्धारित लक्ष्य भेटेको थियो ।

बलिङ्ग तर्फ वडा नम्बर ३ का दिपेन्द्र यादव, सुरेन्द्र, चन्दन र शुसिलले समान १÷१ विकेट लिएका थिए ।

द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताउनु भयो । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिनुभयो ।

आजको पहिलो खेल गाउँपालिकाको टिम ए र वडा नम्बर ५ तथा दोश्रो खेल गाउँपालिका टिम बि र वडा नम्बर ६ बिच हुने आयोजकले बताए ।

यस अघि प्रतियोगिताको उद्घाटनमा ओमसतियामा राष्ट्रिय स्तरका खेलाडीहरु रहेको र उनिहरुलाई नया पुस्ताले पनि पछ्याउने गरेको कारण युवा खेलाडीहरुलाई यस खेलमा उत्प्रेरित गर्न क्रिकेटको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताउनु भयो । उहाले गाउँपालिकाले क्रिकेटलाई मात्र नभई अन्य खेललाई पनि उत्तिकै सम्मान गरेको र अन्य खेलहरु पनि आयोजना गर्दै जाने बताउनु भयो।

द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताको अध्यक्षता एवम गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, ३ का प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर कुमार पाण्डे, ६ का वडा अध्यक्ष शिव कुमार धवलले बोल्नुभयको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार सहायक मनोज कुमार यादवले गरेका थिए ।

 

≪ Previous Post

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा

Next Post ≫

तिलोत्तमामा सरसफाई अभियानको एक सयौं श्रृंखला : सप्ताहव्यापी कार्यक्रमका साथ मनाइयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क