Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0
गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी
90
SHARES
ShareTweet

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा आएको बताउनु भयको छ। बिदेशी  शक्ति केन्द्रको आडमा गणतन्त्र बिरोधीहरु चलखेल बढेको अध्यक्ष केसीको भनाइ छ ।

शनिबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् वैठक उद्घाटन  कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले भन्नुभयो  – अहिलेको अवस्थामा गणतन्त्रलाई बचाउनुको विकल्प छैन ।

नेपालमा हिन्दु राज्य कायम गर्न भारतको आडमा राजावादीहरु सक्रिय भएको उल्लेख गर्दै अध्यक्ष केसीले भन्नुभयो – यो विषयमा ओली र एमालेहरुको पनि सांठगांठ छ ।

नेपालको राष्ट्रियता र अखण्डताको पक्षमा निरन्तर  संघर्ष गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको दावी गर्दै उहाले  राष्ट्रियताको पक्षमा संघर्षहिन सम्झौताबाट राष्ट्रिय जनमोर्चा भाग्दैन भन्नुभयो ।

उहाले द्वन्द्वकालिन समयमा जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने बताउंदै आयोग बनाएर द्वन्द्वकालमा जघन्य अपराध गर्नेलाई कारवाही गरी निर्दोषलाई न्याय दिनुपर्ने बताउनु भयो । द्वन्द्वकालिन मुद्वामा प्रचण्ड मात्रै दोषी नभएको उल्लेख गर्दै राज्य र अन्य पक्ष पनि दोषी रहेको चित्रबहादुर केसिको भनाइ छ ।

नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको उल्लेख गर्दै नेपालमाथि भारतले जनसंख्या र भौगोलिक रुपमा आक्रमण गरिरहेको उहाले दावी गर्नुभयो । सांसदसमेत रहेका अध्यक्ष केसीले अमेरिकी र भारतीय साम्राज्यवाद नेपालको हितमा नभएको बताउनुभयो ।

भारतले निरन्तर रुपमा नेपालमाथि आक्रमण गर्दै आएको र पछिल्ला केही वर्ष यता अमेरिका एमसीसी परियोजनाको माध्यामबाट चीनविरुद्व गतिविधि गर्नका लागि नेपालको भूमि प्रयोग गर्न नेपालको राजनीतिमाथि सक्रिय बनेको अध्यक्ष केसीको दावी छ ।

उहाले  संघीयतालाई हतियार बनाएर शक्ति केन्द्र राष्ट्रहरुले नेपालमा चलखेल बढाएको दावी गर्दै नेपालको हकमा संघीयता असफल भैसकेको दावी गर्नुभयो। हिजो संघीयता बोक्नेहरु आज संघीयताको बिरोध गर्न थालेकाले नेपालमा संघीयताविरुद्व ठूलो जनमत तयार भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी मसालका प्रवक्ता रामप्रकाश पुरीले अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र युरोपियन शक्ति केन्द्रको आडमा देशीय सामन्तवादी शक्ति गणतन्त्रका विरुद्व सक्रिय भएको बताउनु भयो ।

कार्यक्रममा राष्टृय सभा सदस्य तथा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, लुम्बिनी प्रदेश सांसद तारा थापा, राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा बाग्लुङ जिल्ला समन्न्वय समितिका प्रमुख अमर थापा, अखिल नेपाल युवक संघका उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अन्टुकका अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल महिला संघकी उपाध्यक्ष कल्पना पोखरेल, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल जनजाती सम्मेलनका महासचिव अमरध्वज राना, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल बुद्विजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका अध्यक्ष देवेन्द्र कुंवर लगायतले आआफ्ना भनाइ राख्नुभयको थियो ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षता, उपाध्यक्ष जनकराज शर्माको स्वागत र महासचि मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।

≪ Previous Post

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

Next Post ≫

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क