Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0
तिलोत्तमाका टोल विकास संस्था सरसफाई अभियानमा
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन  एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले सहभागिता जनाएका थिए । तिलोत्तमा नगरपालिकाले सरसफाईलाई नगरबासीको जीवन पद्धतिसँग जोड्नेगरी अभियान सञ्चालन गरेको छ ।

आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्नेगरी नगरबासीमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । ‘एक जनाले गरेको फोहोर अर्कोले टिपेर स्थायी समाधान हुँदैन । यसका लागि हरेक व्यक्तिमा आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘हाम्रा कार्यक्रमहरु अब त्यसतर्फ केन्द्रीत हुनेछन् ।’

वडा नं. ७ को भलबारी चोकमा सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख खाणले सरसफाईलाई संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवर्धन र सरसफाईका कार्यक्रमहरु अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले तिलोत्तमालाई शहरको जस्तो भौतिक पूर्वाधार विकास र गाउँको जस्तो सामाजिक सद्भाव कायम राख्नेगरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै उपप्रमुख चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो । त्यस अवसरमा अभियानका संयोजक सुरेन्द्र श्री, नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेल, समाजसेवी गंगा शाही, नगरपालिकाको वातावरण शाखाका गोरखनाथ खनाललगायले नगरपालिकाको अभियानको बारेमा बोल्नुभएको थियो ।

यसैबीच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शनिबार नगरपालिकामा रक्तदान कार्यक्रम समेत भएको छ । त्यसअवसरमा ६३ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा नगरपालिकामा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था, टोल विकास संस्थाले सहभागिता जनाएका थिए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।

 

≪ Previous Post

रुपन्देही सुपरलिगः सुपर फोरका खेल सुरु, पहिलो दिनको खेलमा खुकुरी विजयी

Next Post ≫

गणतन्त्र सिध्याउन दरवारिया र राजावादीहरु सडकमा – चित्रबहादुर केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क