Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0
रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी
80
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३ सय २८ रनको विशाल रन अन्तरले पराजित गर्दै जित निकालेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो पटक हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ४ सय १८ रनको विशाल योगफल बनायो । उसका लागि उक्त योगफल बनाउन दिलशाद अलीले १ सय ४२ रनको योगदान दिए । यस्तै, सचिन राजभरले ३९, अजय रसाइलीले ३२, जितेन्द्र शाहनीले ३१, आदित्य त्रिपाठीले ३०, इमरान पठानले नटआउट २८ र इमरान खानले २४ रन जोडे ।
बलिङमा लुम्बिनीका इमरान अहमद, सजाउद्दिन अन्सारी, एजाज खानले समान २–२ तथा राहुल गिरी, रुपेश बश्याल र आषिश लोहनीले १–१ विकेट लिए ।
प्रतिउत्तरमा ४ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २०.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि रुपेश बश्यालले ३० र अफजल हुसेनले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर रन जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका दिनेश अग्रवालले ५ तथा इमरान पठानले ४ विकेट लिए । प्रोफेसनलका दिलशाद अली म्यान अफ द म्याच घोषित भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताउनुभयो ।
चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गर्नुभएको छ ।

≪ Previous Post

देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर

Next Post ≫

रोटर्याक्ट बाणिज्य क्याम्पसद्वारा हाजिरीजवाफ प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क