Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0
बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य
120
SHARES
ShareTweet

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयले विश्व विद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
विश्व विद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्व विद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभा समारोहमा बुद्ध बचनको प्रार्थना र बुद्ध मूर्ति अनिवार्य गरेको विश्व विद्यालयले जनाएको छ ।
विश्व विद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्व विद्यालयका सम्पूर्ण निकाय तथा विश्व विद्यालयसंगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकहरुमा बुद्ध बन्दना वाचन अनिवार्य गरिएको हो । सभा समारोह स्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राखिने निर्णय समेत विश्व विद्यालयको गरेको छ । बौद्ध विश्व विद्यालय कार्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अबलम्बन गरिएकोे छ ।
बुद्ध र उनका सन्देशको प्रवद्र्धधन मूलुकको पर्यटन र समृद्धिसंग समेत जोडिएकाले लुम्बिनी आसपासमा हुने अन्य निकायहरुमा पनि बुद्ध बन्दना र बुद्ध मूर्तिलाई अनिवार्य बनाउन विश्व विद्यालयले आह्वान समेत गरेको छ ।
बौद्ध विश्व विद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा रहेका छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शन, आर्काेलोजी एण्ड आर्काेलोजिकल साइट्, म्युजोलोजी लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । स्नातक तहमा भोद्ध बौद्ध अध्ययन केन्द्रीय क्याम्पसमा चलिरहेको छ । त्यस्तै व्यवसायिक विषयतर्फ स्नातकोत्तरमा एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज, इन्भारोमेन्ट साइन्स तथा स्नातक तहमा बीएएलएलबी, बिटिटिएम, बीएआरडी लगायतका कार्यक्रम सञ्चालनमा छन् ।
विश्व विद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी, बुटवल सिटी क्याम्पस तथा देवदहमा स्कुल अन्तर्गत शैक्षिक कार्यक्रम चलिरहेको जनाइएको छ ।

≪ Previous Post

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

Next Post ≫

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क