Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७९ · 0
शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार पत्रकार नेपाललाई
70
SHARES
ShareTweet

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ ।
बैंकले पत्रकारिता पुरस्कारका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।
दुई दशक देखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गरेका हुन् ।
वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ ।
समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड समेत शुभारम्भ गरेको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गरे । बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्न सफल भएको उनले बताए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार बृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागि गराएको, वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजना अन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गरेको बताए । यस्तै शाइन उद्यमशीलता कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशील बनाउन र स्वरोजगार अभिबृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम गरेको बताए । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामा बैंकका ६० प्रतिशत शाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।

≪ Previous Post

बौद्ध विश्व विद्यालयका औपचारिक सभा समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

Next Post ≫

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क