Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0
रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
50
SHARES
ShareTweet

बुटवल । रोटरी क्लव अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष बोनिन पियाले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर थापा र वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी नायब उपरीक्षक थापाले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लवका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष बिन्ध्याकेशर जोशी, रोटरीयन गोपालप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै रोटरी क्लव अफ बुटवलले रुपन्देहीका विभिन्न ९ वटा होटललाई खाना खेर नफालौं भन्ने सन्देश सहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरेको छ । क्लवले रुपन्देहीको तिलोत्तमामा रहेको बोधिभिल्ला, मणिग्रामको विश्राम वाटिका, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्राईभरटोलको एसआर होटल, होटल टुलिप, होटल द फ्लेमिङ्गो, महाराजा रिसोर्ट कालिकानगर, बुटवलको सिद्धार्थ कटेज, होटल पौवालाई उक्त बोर्ड हस्तान्तरण गरिएको छ ।


सचेतना बोर्ड हस्तान्तरणका लागि क्लवका पदाधिकारी तथा सदस्यहरु विभिन्न होटलहरुमा पुगेका थिए । खाना खेर गैरहेको अवस्थामा होटलहरुलाई खाना खेर नफालौं भन्ने सन्देशसहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरिएको क्लवका अध्यक्ष बोनिन पियाले बताए । त्यस अवसरमा व्यवसायीहरुले रोटरीले खाद्य सुरक्षाको लागि महत्वपूर्ण सन्देश पुग्ने गरी अभियान चलाएकोमा धन्यवाद दिए । क्लवले दोस्रो चरणमा थप होटलहरुमा पनि खाद्य सचेतना बोर्ड हस्तान्तरण गर्ने क्लवका अध्यक्ष पियाले जानकारी दिए ।

≪ Previous Post

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता

Next Post ≫

पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क