Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0
रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता
60
SHARES
ShareTweet

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारकोे खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि आदित्य त्रिपाठीले ३८, इमरान खानले ३४, जितेन्द्र शाहनीले ३० र दिनेश अग्रवालले १२ रन बनाए ।
बलिङमा बुटवल राइनोजका अलदिप कुँवरले ४, शिव कुँवरले २ तथा सुन्दर आले, अमर श्रेष्ठ र अरविन सारुमगरले समान १–१ विकेट लिए ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको बुटवल राइनोजले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसको जितमा अरविन सारुमगरले ३८, शैलेन्द्र यादवले ३७ र सुरज सारुमगरले नटआउट ११ रनको योगदान दिए ।
बलिङमा मास्टर्स–११ का दिनेश अग्रवालले ३ तथा सामोत पौडेल, अनिल जैसवार, सचिन राजभर र इमरान खानले समान १–१ विकेट लिए । बुटवल राइनोजका अलदिप कुँवर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Next Post ≫

रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क