Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0
१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङ शिल्ड
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण पदक जित्दै कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ च्याम्पियन भएको छ । कुल ३० स्वर्ण पदक मध्ये १३ वटा इभेन्टका खेलमा कुंवरवर्ती बोर्डिङले जित निकाल्दै च्याम्पियन भएको हो । यो संगै कुंवरवर्तीले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको प्रतियोगितामा पशुपति मावि कोटिहवाले ५ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहन सफल भएको छ भने शान्ति नमूना ४ पदक सहित तेस्रो भएको छ । होराइजन जीबीएसले ३ स्वर्ण पदक जितेको छ । त्यस्तै जनजागृति, टिकुलिगढ मावि,सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेको प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले बताए ।
यस्तै छात्र छात्रा तर्फको भलिबलमा कुंवरवर्ती बोर्डिङ स्कूल विजेता बनेको छ । भलिवलमा छात्रतर्फ जनज्योति माविलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजेता भएको हो । छात्रातर्फ पनि सेन्ट जोसेफलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजयी भएको भलिबल संयोजक मिलन रानाले बताए । यस्तै कबड्डीतर्फ छात्रामा होराइजन जीबीएस र छात्रमा शान्ति नमूना मावि विजेता भएका छन् । हाइजम्पमा छात्रातर्फ पशुपति मावि र छात्रतर्फ शान्ति नमूना मावि विजेता भएका छन् ।
नगर भित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले रनिङ शिल्डमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले शिल्ड, कप, मेडल तथा नगद पुरस्कार प्रदान गरेका प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए ।

≪ Previous Post

बुटवलमा कृषि मेला सुरु : कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड

Next Post ≫

रुपन्देही सुपरलिग : बुटवल राइनोजलाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क