Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७९ · 0
पाँच वर्षमा प्रदेश राजधानीलाई नमुना शहरकारुपमा विकास गर्नेछौं : मुख्यमन्त्री गिरी
110
SHARES
ShareTweet

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्ने बताएका छन् । उनले आगामी पाँच वर्षमा प्रदेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने योजना सहित अगाडी बढेको बताए । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश राजधानी दाङमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको बताए ।
मुख्यमन्त्री गिरीले मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने बताउदै पाँच बर्षमा पूर्वाधार सम्पन्न र जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने उल्लेख गरे ।
संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँचवर्ष उपलब्धीमुलक रहेको समेत उनले बताए । उनले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको भन्दै यो उपलब्धी रहेको बताए । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामाकरण टुंगो लगाएको भन्दै संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीब्ररुपमा अगाडि बढाउने उनको भनाई छ ।
कार्यक्रममा प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम स्थायी राजधानीबाट सुरु गर्ने बताए । पूर्वाधारको अभावमा सरकारका सम्पूर्ण संरचना राजधानी स्थलमा स्थानान्तरण हुन नसकेको बताउँदै मन्त्री आचार्यले पूर्वाधार व्यवस्थापनको कार्य अगाडि बढेको बताए ।
स्थापना दिवसमा ६१ जना विभूषित
प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव र जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र घाईते रहेका थापालाई जनयुद्धमार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो ।
त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।
त्यस्तै प्रदेश सेवा समर्पण पदकबाट डा विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई विभुषित गरिएको छ ।

≪ Previous Post

रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

Next Post ≫

बुटवलको ६४औं स्थापना दिवस : विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क