Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0
एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
80
SHARES
ShareTweet

बुटवल । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३÷३ जना सभासद छन् ।

यस्तै नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा नेपाली कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीको सपथ ग्रहण कार्यक्रम भने विहिबार पौष २८ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ ।

≪ Previous Post

लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

Next Post ≫

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क