Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0
लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
80
SHARES
ShareTweet

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुधबार बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्य सहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।
गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्र स्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष भिक्षु मैत्तयले बताउनुभयो । उहांले बुद्ध भगवानको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्तकाल र दीर्घकालिन रुपमा रामग्रामको विकास गरिने बताउनु भयो । उपाध्यक्ष मैत्तयले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिनुभयो । उहांले लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताउनुभयो ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्रस्थलका रुपमा पुज्छन् । भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्धग्रन्थमा सम्राट अशोकले अन्यत्रबाट झैं रामग्राममा पनि अस्ुत झिकी चौरासी हजार स्तुप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।
यसैगरि लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालिन अवशेषहरु पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विक स्थलको रुपमा संरक्षण गर्दै आएको छ । कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रुपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभयो । उहांले पुरातात्व विभागले उत्खनन गर्दा बुद्धकालिन अवशेषहरु प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रुपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताउनुभयो । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।


रामग्राममा तत्काल केहि निर्माणहरु गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केहि आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद सदस्य सरोज भट्टराई, अर्का परिषद सदस्य धनराज कंडेल लगायतको सहभागिता रहेको थियो ।
टोलीले सुनवल ७ तरगौली स्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एंव विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा न. ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर यस क्षेत्रको विकास गर्न आग्रह गर्नुभएको थियो ।

≪ Previous Post

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

Next Post ≫

एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क