Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित

संसारपोस्ट संवाददाता · २७ पुष २०७९ · 0
बुटवल पब्लिकको १९ औँ बार्षिक उत्सवमा पत्रकार भुसाल र जिसी सम्मानित
110
SHARES
ShareTweet

बुटवल । बुटवल पब्लिक स्कूलले आफ्नो १९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा २ जना पत्रकारलाई सम्मान गरेको छ । राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक यानेन्द्र जिसीलाई पत्रकारिताको माध्यमवाट शैक्षिक क्षेत्रमा पुराएको योगदानको कदर गर्दै विद्यालयले नगद सहित सम्मान गरेको हो । त्यस्तै विद्यालयले विद्यालयका शिक्षक कर्मचारी र साताव्यापी कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरेको हो । विद्यालयले त्यस्तै बुटवलमा संचालित गणेशमान वालकुमारी सैजु बृद्धाआश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ३ मा संचालित स्कूलको बार्षिक उत्सव तथा अभिभावक दिवसको मुख्य समारोहमा वोल्दै विद्यालयका संस्थापक अध्यक्ष तथां प्राचार्य हेमलाल भुसाल शर्माले शिक्षा प्रणाली र परीक्षा पद्धतिमा आमुल परिवर्तन जरुरी रहेको औल्याउनु भयो । राज्यले गर्ने काम नीजि क्षेत्रका विद्यालयले गरेकाभएपनि राज्यले नीजि शैक्षिक संस्थाको योगदानको कदर गर्न नसकेको गुनासो उहांले गर्नुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले बुटवल पब्लिक स्कूलको स्थापना भन्दा पहिला निकै पछाडी परेको साविक शँकरनगर ८ अहिले विकासमा फड्को मार्नमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको औल्याउनु भयो ।
कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन नेपालका उपाध्यक्ष विष्णु पन्थि, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगाएतले वोल्दै नीजि क्षेत्रका शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा पुराएको योगदानको राज्यले सम्मानगर्नु पर्नेमा जोड दिनु भएको थियो ।
स्कूलले विद्यालय परिसरमा विद्यार्थीहरुले विभिन्न भाषा, समुदाय, सम्प्रदाय तथा भुगोलका मानिसहरुको नाँचगाँन सहितका प्रस्तुति दिएका थिए् । विद्यार्थीहरुको शैक्षिण गुणस्तर संगै खेल क्षेत्रलाई विद्यालयले प्राथमिकताको विषय बनाएको सह प्राचार्य रामचन्द्र पौडेल र शिक्षिका निहा श्रेष्ठले बताउनु भयो ।

≪ Previous Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

Next Post ≫

लुम्बिनी विकोस कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क