Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0
सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ
150
SHARES
ShareTweet

सालझण्डी । सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवरजस्ती करणी गर्न खोज्ने एकजना व्यक्ति रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् । यहि पौष २१ गते साँझको समयमा शारिरीक रुपमा अपांगता भएकी र सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जवरजस्ती शौचालयमा लगी पीडित महिलाको शारिरीक र सुस्त मनस्थितिको फाईदा उठाउँदै पीडित महिलालाई जवरजस्ती करणी उद्योग गर्न खोज्ने रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षिया राजेन्द्र अधिकारीलाई कञ्चन गाउँपालिका वडा नं ४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले निज माथि जवरजस्ती करणी कसुर अन्तरगत अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं ६ मा १५ वर्षिया बालिकालाई अभिभावक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोज्ने २५ वर्षिया मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट प्रहरीले पक्राउ गरेको छ । निज माथि जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।
बालिकाको आमा बिदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तत्काल प्रहरीलाई खबर भएकोमा सोमरेलाई सोहि समयमै पौष २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जवरजस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराउनु भयो ।

≪ Previous Post

मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा

Next Post ≫

संसार सहकारीको दशौं साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क