Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0
मानव सेवा आश्रममा आश्रीतलाई रेडिमेड फेन्सी समितिको न्यानो कपडा
90
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देको रेडिमेड फेन्सी बस्तुगत समितिले मानव सेवा आश्रम बुटवलमा आश्रीत सडक मानवहरुलाई न्यानो कपडा प्रदान गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै मानव सेवा आश्रममा आश्रीत सडक मानवहरुलाई जाडोमा लगाउने न्यानो कपडा प्रदान गरिएको हो ।
तराई क्षेत्रमा शीतलहर चलिरहेको र जाडोको समयमा केही भएपनि राहत होस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व बहन गरेर बस्तुगत समितिले शनिबार एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गर्नुको साथै उनीहरुलाई एक छाक खाना खुवाईएको बस्तुगत समितिका सभापति विष्णु पौडेलले जानकारी गराउनु भयो ।
रेडिमेड फेन्सी बस्तुगत समितिले समितिका सदस्यहरुको सहयोगमा ज्याकेट, हुट, ट्रयाकसुट, बच्चाको टाउजर लगायत जाडोमा लगाउने कपडा प्रदान गरिएको सचिव शंकर ज्ञवालीले जानकारी गराउनु भयो ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको उद्धार र उनीहरुको सेवा सामान्य काम नभएको बताउँदै त्यस्तो काममा सहयोगी भूमिकामा रहने व्यक्तिलाई पनि पुण्य प्राप्त हुने भनाई राख्नुभयो । उहाँले बस्तुगत समितिले सडक मानवको सेवाको लागि गरेको कामले संघको समेत साख बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले दाता तथा सहयोगी हातहरुको सहयोगले आश्रम सञ्चालन भईरहेको बताउँदै आगामी दिनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँका अनुसार मानव सेवा आश्रम बुटवलमा हाल पुरुष तथा बालक समेत गरी ७६ जना आश्रीत छन् ।
त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बुटवल ४ का वडा अध्यक्ष तथा वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, बस्तुगत समितिका उपसभापति अरुणकुमार श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

Next Post ≫

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क