Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संसार सहकारीको दशौं साधारण सभा
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

संसार सहकारीको दशौं साधारण सभा

संसारपोस्ट संवाददाता · २४ पुष २०७९ · 0
संसार सहकारीको दशौं साधारण सभा
50
SHARES
ShareTweet

बुटवल । संसार बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–११, को दशौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारीहरुले स्थानीय जनसमुदायको आर्थिक स्थिति सुधारमा निकै महत्वपुर्ण कार्य गरिरहेको बताउनुभयो । सहकारीले स्थानीय सबै जनसमुदायलाई समेटेर उनीहरुको आर्थिक उपार्जनका लागि लगानी गर्नुपर्ने पनि उहांले सुझाउनु भयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रकाश भट्टराईले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्नका लागि व्यवसायिक रणनीति योजना निर्माण गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोष तथा अन्य बित्तिय संस्थाहरुसंग सहकार्य गरी सदस्यहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने पनि उहांले बताउनुभयो । कार्यक्रममा बचत तथा ऋण सहकारी संघका सञ्चालक तथा संस्थाका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद वस्ती, राष्ट्रिय सहकारी बैंक बुटवलका शाखा प्रमुख नारायण बेल्वासे र एम्स कलेज बुटवलका प्रमुख दीपक ढकाल, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिशाल बेल्वासे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य बृद्धिमा प्रेम प्रसाद पाण्डे, उत्कृष्ट ऋणीमा लोक बहादुर थापा र उत्कष्ट बचतकर्तामा शेखर नेपाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मानबाट पुर्व व्यवस्थापक सुमन पाण्डे, पुर्व कर्मचारी उषा पन्थीलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पकाश भट्टराईको अध्यक्षता, उपाध्यक्ष पदम प्रसाद न्यौपानेको स्वागत र सचिव राजेश खत्रीको संचालनमा भएको थियो ।
डिभिजन सहकारी कार्यलय रुपन्देहीमा २०६९ सालमा विधिवत दर्ता भई बुटवल–११ देवीनगरबाट सेवा प्रदान गर्दै आएको यस सहकारीले एक दशकको अवधिमा १०३४ शेयर सदस्यहरुलाई आवद्ध गराई सेवा प्रदान गर्दै आइरहेको छ । साथै हाल तिलोत्तमा स्थित मणिग्राम सेवा केन्द्रबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

≪ Previous Post

सुस्त मनस्थिति भएकी महिला र १५ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ

Next Post ≫

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क