Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0
अन्तर विद्यालय क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन् ।
लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई ७१ रन र साइग्लोबलले होराइजन जीबीएस स्कूल, बुटवललाई १ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय ४० रनको योगफल बनायो । जसमा एजाजुल हकले ६१, संदिप बानियाँले २४ र विन्दराम यादवले १४ रन जोडे । बलिङमा न्यू होराइजनका कमरन खाँनले १ विकेट लिए ।
प्रतिउत्तरमा न्यु होराइजन १४.४ ओभरमा अलआउट हुँदै ६९ रनमै समेटियो । उसका लागि राहुल भण्डारीले २१ र रितेश ज्ञवालीले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ३ तथा सविर आलम, अमन यादव र अब्दुल नदिम शेखले समान २–२ विकेट लिए । लुम्बिनीका एजाजुल हक म्यान अफ द म्याच भइ पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।
दोस्रो खेलमा होराइजन जीवीएसबाट जितका लागि पाएको ९२ रनको लक्ष्य साइग्लोबलले १५.३ ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गर्यो । उसको जितमा श्यामु पासवानले ४१ र मैत्रुवा रहमानले १३ रनको योगदान दिए । बलिङमा होराइजन जीवीएसका कुशल पौडेल र सुदन कँडेलले ३–३ तथा निखिल पराजुलीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको होराइजन जीवीएसले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा ९२ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि सुभम खनालले १३ र रोहन गिरीले नटआउट १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा साइग्लोबलका ओसामा शेख र श्यामु पासवानले समान ३–३ तथा विकास बरई र गुल्जार खाँनले १–१ विकेट लिए । खेलमा साइग्लोबलका श्यामु पासवान म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।


रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागि प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

Next Post ≫

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क