Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0
उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा
80
SHARES
ShareTweet

भैरहवा । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत दुनाटपरीका ठाउँमा प्लास्टिकका थाल र सामग्रीको अधिक प्रयोग हुँदै आएको छ । यसले सदियौंदेखि चलनचल्तीमा रहँदै आएका हातले बनाएका दुनाटपरी लोप भइरहेका हुन् ।
धार्मिक पुजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा पहाडका बस्तीहरुमा अझै पनि सालका पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन छ । तराईमा यसको प्रयोग अत्यन्तै न्युन छ । नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमी छ । यसतर्फ चासो पनि दिँदैनन् । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका सामग्री प्रयोग बढ्दै गइरहेका बेला यसको संरक्षण, प्रयोग र नयाँ पुस्तामा सिपको विकास बढाउने भन्दै भैरहवामा आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म हुने लुम्बिनी राष्ट्रिय महोत्सवमा ‘दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा’ गराउन लागिएको छ ।
‘दुनाटपरीहरु स्थानीयस्तरमा पाइने साल लगायत अन्य विरुवाका पातबाट सहजै बनाउन सकिन्छ, तर आधुनिकतासँगै लोप हुने खतरा बढ्यो’, संघकी महिला उद्यमी तथा हस्तकला संयोजक पल्लबी न्यौपानेले भनिन्, ‘पुरानो परम्पराको जगेर्ना गर्दै प्लास्टिक भन्दा स्वदेशमै पाइने हस्तकलाका सामान प्रयोग गरौं भन्ने सन्देश दिन पनि हामीले दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा कार्यक्रम मेलास्थलमा राखेका हौं ।’
उनले प्लास्टिक नकुहिने भएकाले यसले वातावरणमा पनि असर गरिरहेकाले विभिन्न वनस्पतिको पातबाट बन्ने दुनाटपरीको प्रयोग गर्न आग्रह गरिन् । ‘प्लास्टिक कुहिँदैन, जलायो भने वातावरणमा नकारात्मक असर गर्छ, यसैले सबैले दुनाटपरीको प्रयोग गर्नुपर्छ भन्ने संघको मान्यता रहँदै आएको छ’, उनले भनिन्, ‘सिप सिके स्वरोजगार पनि भइने, वातावरणलाई कुनै असर नगर्ने, सजिलै पाइने र प्रयोगका लागि पनि सहजता भएकाले विभिन्न विरुवाका पातबाट बनेका दुनाटपरी प्रयोग गर्नुपर्छ ।’
उनले धेरै महिला दिदीबनिहीहरु बेरोजगार भइरहेको तर प्लास्टिकका सामाग्रीको प्रयोग अधिक बढिरहेका बेला दुनाटपरी बनाउन सिके धेरै सहजता हुने जनाइन् । ‘हामीले प्रतिस्पर्धा गराएर सबैलाई विभिन्न विरुवाका पातबाट बन्ने दुनाटपरी र बोहोता प्रयोग गर्ने बानीको विकाससँगै यस पेसामा लाग्नेलाई प्रोत्साहन गर्न खोजेका हौं’, उनले भनिन् ।
प्लास्टिकका सामग्रीभन्दा वनस्पतिका सामग्री सस्तो पनि पर्छ । ‘कुनै उद्योगधन्दा खोल्नु पर्दैन । कोही कसैले व्यवसाय गर्छु भन्ने चाहना राखेमा घर तथा सानो ठाउँमा पनि दुनाटपरी बनाएर विक्री वितरण गर्न सक्छ’, न्यौपानेले भनिन्, ‘महोत्सवमा हुने प्रतिस्पर्धाले धेरैलाई यसतर्फ प्रेरित गर्ने हामीले विशवास लिएका छौं ।’
महोत्सव मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले केही समय पहिले सहरबजारमा समेत सालका पातबाट बनेका दुनाटपरीको प्रयोग भए पनि पछिल्लो समय लोप हुँदै गएको बताए । ‘पहिला–पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैनथे, पुजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्यो, हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने हुनथाल्यो’, न्यौपानेले भने, ‘परम्पराको संरक्षण गर्नु र बढ्दो प्लास्टिक प्रयोगलाई घटाउनु संघको पनि दायित्व हो । यसतर्फ हामी लागिपरेका छौं ।’
अहिले दसैँ, तिहारलगायतका चाडपर्व, विवाहा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढेको छ । अब नागरिक सचेत भएर पातबाट बनेका दुनाटपरी प्रयोग गर्नुपर्ने न्यौपानेले बताइन् । संघले मेलास्थलमा आयोजना गरेको प्रतिस्पर्धामा विजयी हुनेलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ । ‘हामीले प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौं, त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरु प्रतिस्पर्धामा भाग लिनुहुन्छ भन्ने हाम्रो विश्वास छ’, महिला उद्यमी तथा हस्तकला संयोजक न्यौपानेले भनिन् ।

 

≪ Previous Post

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क