Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0
विलासिताको वस्तु आयातमा लगाएको प्रविबन्ध खुला
60
SHARES
ShareTweet

काठमाण्डौं । सरकारले विदेशबाट हुने आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ । सरकारले ८ महिना अघि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको थियो ।
गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात आउँदो पुसदेखि लागु हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात लाग्दै आएको प्रतिबन्ध आउँदो पुसदेखि लागु हुने गरी प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको हो ।
मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसलाई स्वीकृत गरी आयात खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
मन्त्री बडुका अनुसार आयात प्रतिबन्धको समय यही मङ्सिर २९ गतेसम्म रहेकाले त्यसपछि आयात खुला हुने छ ।
मुख्यसचिवको संयोजकत्वमा गभर्नर, अर्थ सचिव, वाणिज्य सचिव रहेको समितिले अहिलेको परिस्थिति विश्लेषण गरेर ‘आयात प्रतिबन्ध गर्नु आवश्यक छैन, खोल्नुपर्छ’ भनेर सुझाव दिएकाले त्यसबारेमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको मन्त्री बडुले जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा छ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको थियो । आयात प्रतिबन्ध खुला गरेसँगै पुसदेखि सबै प्रकारका निजी चारपाङ्ग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र तीन सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाइनेछ ।

मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गरेको आयात नियन्त्रणका कारण राजस्वमा दबाब परेको थियो । विदेशी मुद्रा सञ्चितिमा सुधार भए पनि राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको थियो । आयातमा कडाइ हुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले तत्काल खुला गर्न सरकारलाई दबाब दिँदै आएका थिए । राजपत्रमा प्रकाशित भएपछि व्यवसायीले सामान आयात गर्न एलसी (प्रतीतपत्र) खोल्न सक्नेछन् ।

≪ Previous Post

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च जांदै चोलेन्द्र

Next Post ≫

उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सवमा ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क