Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७९ · 0
तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने
100
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्ने भएका हुन् ।
तिलोत्तमा उद्योग ब्यपार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग बाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको मेला मुल आयोजक समितिका संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएमले जानकारी दिए ।
अध्यक्ष जिएमका अनुसार मेला विभिन्न प्रकृतिका २ सयदेखि ३ सयसम्म स्टलहरु रहने छन् । आयोजकका अनुसार मेलाको करिब १५ लाख दर्शक उपभोक्ताले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा महिला कुस्ती प्रतियोगिता, मम्मी डान्स, डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु संचालन गरिने छ ।
मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक प्यागोडा शैलीको गेट समेत निर्माण गरिने अध्यक्ष जिएमले बताए । मेलाले औद्योगिक बिकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताए । मेलामा विद्यालय स्तरका नृत्य प्रतियोगिता समेत राखिएको नृत्य प्रशिक्षक तिर्सना बुढाथोकीले जानकारी दिइन् ।
कोभिड १९ पछि खुलेर मेला संचालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपि कडेंलले बताए । आम उपभोक्ता र ब्यापारी ब्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भूमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागि गराईने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए ।
मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको प्रचारप्रसार संयोजक सूर्य चापागाईले जानकारी दिए ।

 

≪ Previous Post

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

Next Post ≫

रुपन्देही २ (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क