Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो

संसारपोस्ट संवाददाता · २ मंसिर २०७९ · 0
यूएईसँगको एक दिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो
80
SHARES
ShareTweet

काठमाण्डौ । नेपालले युएईविरुद्धको एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । यूएईले दिएको एक सय ७७ रनको लक्ष नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।
सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले दुई\दुई विकेट लिए ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमै आउट भए ।
कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । युएईका हजरत बिलाल र आयान अफजल खानले एक÷एक विकेट लिए ।
यो जितसँगै नेपालले श्रृङ्खला दुई–एकले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक श्रृङ्खला जितेको हो । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलको एकदिवसीय श्रृङ्खलामा भने नेपाल पराजित भएको थियो ।

≪ Previous Post

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा

Next Post ≫

तिलोत्तमामा मंसिर १५ देखि २६ सम्म औद्योगिक ब्यापार मेला लाग्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क