Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७९ · 0
रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह
80
SHARES
ShareTweet

सैनामैना । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै उम्मेदवार विजयी हुने ठोकुवा गर्नुभयो ।
क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्ति बजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिवार आयोजित चुनावी सभाहरुलाई सम्वोधन गर्दै गठवन्धनका साझा उम्मेदवार कांग्रेस नेता शाहले मंसिर ४ गतेपछि बन्ने सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।
रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवालगायत क्षेत्रका स्थानीयले शाहलाई चुनाव जितेर यो ठाउँको थप विकास गर्न अनुरोध गरे । नेता शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बनेका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई आफु संगै विजयी बनाउने अठोट ब्यक्त गर्नुभयो ।
आफ्नै नेतृत्वमा कलौनीदेखि लुम्विनी जोड्ने सडक निर्माण सम्पन्न भएको, फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्विनीसम्म जोड्ने सडक निर्माण भएको शाहले बताउनुभयो । कलौनीदेखि बयरकट्टीहुँदै दक्षिण क्षेत्रलाई जोड्ने सडक पनि आफ्नै पहलमा निर्माण गरिएको शाहको भनाई छ ।

≪ Previous Post

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

Next Post ≫

प्रदेश राजधानी बुटवल ल्याउँछु भन्दै पौडेलले झुटको खेती गरे :उम्मेदवार थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क