Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग
70
SHARES
ShareTweet

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्किएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ ।
बुटवल भाटभटेनी चोकदेखि दक्षिण अक्सफोर्ड स्कुल हुदै पुर्वपश्चिम लोकमार्गमा जोडिने भित्री सडकको दुर्दशाबाट वडावासी मात्र होईन बुटवल नगरवासी नै चिन्तित छन् । अघिल्लो वर्ष एमालेका अध्यक्ष केपि ओली र यहांका पुर्व सांसद विष्णु पौडेलले तामझामका साथ चौराहामा सिलन्यास गरेको वुटवल नारायणगढ सडक खण्डको स्तरोउन्नतिको काम र उक्त सडकको अवस्था उस्तै रहेको छ ।
उत्तर तर्फबाट दक्षिण तर्फ निर्माण भईरहेको सडकको अन्तिम विन्दुमा नेकपा एमालेका नेता, लुम्विनी प्रदेश सभाका पुर्व सदस्य तथा पुुर्वमन्त्री भोज प्रसाद श्रेष्ठको घर पर्छ । उनी अहिले रुपन्देही क्षेत्र नं २ (२) बाट प्रदेश सभा सदस्य पदको लागि विकासे नारा दिएर भोट माग्दै मतदाताको घरदैलोमा छन् । उनको विकासे नारालाई त्यही ४१ फूट चौडाई भएको सडकले गिज्जाईरहेको छ । जवकी उनले सडक क्षेत्रमा पर्ने आफ्नो घरको वाउण्डरी भत्काउन सहमत नहुदा सडक निर्माणले पुर्णता पाउन सकेको छैन ।
नेता जस्तो व्यक्तिको अटेरीले विकास निर्माण नै अवरुद्ध हुनु दुःखद पक्ष भएको स्थानीय बनाउछन् । ‘आफ्नै घर अगाडीको सडकको अवस्था यस्तो छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने–‘प्रदेशको विकास गर्छन् भनेर मतदाताले कसरी पत्याउने ?’


स्थानीय मात्र होईन उनको अटेरीले उनको पार्टीका नेता कार्यकर्ताहरु समेत आजित छन् । ठूला मान्छेको ठूलै अटेरीले गर्दा त्यस क्षेत्रका वासिन्दाका अगाडी नाक देखाउन समेत लाज लाग्ने स्थानीय एमाले नेताहरु बताउँछन । स्थानीय गणेश घिमिरेले सडकको निकासको लागि दुई इन्च समेत छाड्न नसक्नेबाट अरु अपेक्षा गर्नु मुर्खता शिवाय केही नहुने बताए । ‘समस्याको समाधान खोज्ने व्यक्तिनै वाधक बनेपछि के अपेक्षा गरेर फेरी उनलाई जिताउने ?’ उनि उल्टै प्रश्न गर्छन् ।
मिलनचोक, भाटभटेनी तिरबाट आएका सवारी साधन र शुक्रपथ देखि आएका सवारी साधन मुख्य हाईवेमा प्रवेश गर्ने मुख्यद्वार हो उक्त सडक । एक जनाको अटेरीले सडक अलपत्र हुदा स्थानीय वर्षामा हिलो र हिउदमा धुलोले आजित भएका छन् । नालीको पानी सडकमै छाडिदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । दुई तर्फ नालीको काम भईरहेकोमा सडकको अन्तिम विन्दुमा नालीको काम समेत अवरुद्ध भएको छ । यस विषयमा कुरा गर्न खोज्दा एमाले बाट प्रदेश सभाका उम्मेद्वार रहेका श्रेष्ठसंग सम्पर्क हुन सकेन । उनले अन्यत्र ४१ फूट सडक कायम भए आफूले घर समेत भत्काउन तयार भएको स्थानीयलाई जवाफदिने गरेका थिए ।
उक्त सडकमा बुटवल उप–महानगरपालिकाको आफ्नै वजेटमा अघिल्लो वर्षदेखि नै काम शुरु भएको हो । उक्त सडक वनाउन २ करोड ६५ लाख वजेट विनियोजन भएकोमा ठेकेदार कम्पनी निर्मल कन्स्ट्रक्सनले १ करोड ८५ लाखमा ठेक्का हात पारेको थियो । सम्झौता अनुसारको काम सम्पन्न गर्ने म्याद सकिएको असोज महिनामै हो । तर काम अहिले पनि सकिने सुरसार नै छैन ।
बुटवल उपमहानगरपालिकाका इन्जिनियर शंकर शाहले म्याद थपको लागि प्रकृया अघि वढाइएको जानकारी दिए । ढिला भएकोमा ध्यानकर्षण समेत गराईएको छ । उक्त सडकको हाल ८५ प्रतिशत काम पुरा भएको दावी निर्माण कम्पनीको छ । पुर्व वडा अध्यक्ष भिम श्रेष्ठको पालामा शुरु गरिएको उक्त सडकको काम समयमा नहुंदा अहिलेका जनप्रतिनिधिले अपजस पाईरहेका छन् ।
आफ्नै सहकर्मीका अनुसार भोज प्रसाद श्रेष्ठ त्यस्ता नेता हुन जसले जति राम्रो विकासको नारा दिन्छन् तर कार्यान्वयनमा आफै बाधक बन्छन् । यस अघि विद्युतको हाईटेन्सन लाईनको विस्तारमा समेत उनले अवरोध गरेको चर्चा चलेको थियो । पुर्व पश्चिम लोकमार्गको चौराहा नजिकै तालिम केन्द्र अगाडी उत्तर तर्फ उनको घर छ । सडक र विद्युत लाईन विस्तारमा भएको अवरोधले उनको छवि झन पछि झन खस्किदै गएको छ । यसबाट उनका राजनीतिक सहकर्मी शुभचिन्तकहरु चिन्तित र निरास हुदै गएका छन् ।

≪ Previous Post

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

Next Post ≫

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु :शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क