Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७९ · 0
गठबन्धनका उम्मेदवारहरु घरदैलोमा, विकासका लागि गठवन्धनका उम्मेदवार जिताउन आग्रह
90
SHARES
ShareTweet

बुटवल । बाम लोकतान्त्रिक गठबन्धन रुपन्देही २ का उम्मेदवारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशब बहादुर थापा(सुर्यवंशी), प्रदेशसभा सदस्य पदका उम्मेदवार २(१) का दीर्घबहादुर केसी(कुमार) र २(२)का बामदेब क्षेत्रीले घरदैलो गरेका हुन् ।
तिलोत्तमा १ को शंकरनर, बनबाटिका, दुर्गामन्दिर, ड्राईभरटोल, शिवचोक लगायत बिभिन्न स्थानमा प्रतिनिधि सभा सदस्य उम्मेदवार थापा, प्रदेशसभा सदस्य २(१) का उम्मेद्वार कांग्रेस नेता केसीले संयुक्त रुपमा घरदैलो गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार थापाले रुपन्देही २ ले परिवर्तन खोजेको बताउँदै संविधान बचाउँदै तिलोत्तमा क्षेत्रको बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।
प्रदेशसभा २(१)का उम्मेदवार केसीले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको रक्षाको साथै समग्र देशकै बिकासका कामहरु गर्ने बताउँदै सो क्षेत्रमा रहेका समस्या समाधानमा आफुले नियमित काम गर्ने बताए ।
यस्तै बुटवल १३ बेलबास, झोलुङ्गे पुल क्षेत्रमा गरिएको घरदैलोमा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार थापा सहित प्रदेशसभा सदस्य २(२)का उम्मेदवार माओबादी केन्द्रका नेता क्षेत्रीले संयुक्त घरदैलो गरेका हुन् । घरदैलोमा बोल्दै उम्मेदवार क्षेत्रीले गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

≪ Previous Post

शान्तिपुर सुखौरा गाउँका मतदाताले भने –‘बल्ल हाम्रो कुरा सुन्ने नेता भेट्यौं’

Next Post ≫

बुटवलका चिल्ला सडकलाई गिज्जाईरहेको भित्री सडकको हरिविजोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क