भैरहवा, १२ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य सगैं कृषि क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदली गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गहुुँको सिजनमा मल अभाव हुन नदिने गरी नेपाल सरकारले भारत सरकारसंग जिटुुजी मार्फत रासायनिक मल खरिद प्रक्रिया अगाडी बढाएको जानकारी गराउनुभयो । दिर्घकालीन रुपमै मलको अभाव हुुन नदीन सरकारले स्वदेसमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडी बढाएको उहांले बताउनुभयो ।
गठबन्धन द्वारा भैरहवा र ओमसतियामा आयोजित कार्यक्रममा बोल्दै उहांले रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताउनुभयो । उहांले कृषि थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुुल जन्य बस्तुको उत्पादन बढ्ने र त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेस निर्यात गर्न सकिने उल्लेख गर्नुभयो । मन्त्री खाँणले यसबाट हजारौं रोजगारी सिर्जनाहुने भन्दै भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गर्नुभयो ।
त्यस्तै आफु सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईका लागि जनताको तटबन्ध, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृषि क्षेत्रको बिकासका लागि आवश्यक पुर्वाधार निमार्ण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहलगर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा उम्मेदवार एवं पुर्व मन्त्री सन्तोस कुमार पाण्डेयले बिकासका लागि धर्म, जात, भाषा र क्षेत्रीयता भन्दा माथी उठेर बिकास प्रेमी नेतालाई बिजयी बनाउन आग्रह गर्नुभयो । उहांले आफुु छोटो समयका लागि मन्त्रीहुँदा भैरहवा क्षेत्रको बिकासकालागि सकारात्मक पहल गरेको जानकारी गराउदै भविष्यमा यहाँको थप बिकास र समृद्दिकालागि प्रतिबद्ध भएर जनतासगं हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
