Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0
राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?
140
SHARES
ShareTweet

बुटवल, १२ कात्तिक । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज भएका नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताउनुभएको छ । उहांले पाँच दलीय गठबन्धनबाट आफू उम्मेदवार भएपछि अत्तालिएर सेटिङमार्फत आफ्नो उम्मेदवारी खारेज गराएको आरोप लगाउनुभयो ।
उहांले आफूले सर्वोच्च अदालतको फैसलालाई स्विकार गर्ने तर, वालुवाटारको सरकारी जग्गा खरिद गरेर फिर्ता गरेपछि विष्णु पौडेल चोखिन मिल्ने की नमिल्ने भनेर प्रश्न उठाउनुभएको छ । ‘कानुनी अनविज्ञता क्षम्य हुँदैन भनिन्छ, तर वालुवाटारमा सरकारी जग्गा हडपेर मैलै थाहा पाइन भनेर छुट पाईन्छ’ उहांले प्रश्न गर्नुभयो । उहांले सरकारी जग्गा फिर्ता गरेर चोखिन मिल्ने तर सामान्य गल्ती कमजोरी गर्दा सजाय भोग्नुपरेको दुखेसो पोख्नुभयो । नेकपा एमाले र विष्णु पौडेलका कारण कम्पनी कालो सूचीमा रहेको वाहनामा उम्मेदवारी खारेज गराएको बताउनुभयो । उहांले वालुवाटारको सरकारी जग्गा काण्डमा मुछिएका कुमार रेग्मीको इजलाशले उम्मेदवारी खारेज गरिएकाले आशंका रहेको समेत बताउनुभयो ।
आफु व्यक्तिगत रुपमा कालोसूचीमा नरहेको बताउँदै उहांले अहिले पनि बैंकहरुमा खाता सञ्चालन भइरहेको बताउनुभयो । ‘कर्जा सूचना केन्द्रको कालोसूचीमा राजु गुरुङको नाम काँहि कतै देखिन्न,मेरो सिद्धार्थ बैंकमै व्यक्तिगत खाता चलिरहेको छ, अन्य बैंकमा पनि कारोबार भइरहेको छ, कालो सूचीमा रहेको कुनै सूचना छैन’ उहांले भन्नुभयो–‘आफूमाथि अन्याय भएको छ ।’
विष्णु पौडेलले एकल रुपमा आफूलाई स्थापित गर्ने गरि षडयन्त्र भएको भन्दै अब रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव सूर्यवंशीले पौडेलाई हराउने दावी गर्नुभयो । उहांले आफू भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल बनाउन २०५५ सालमा युवाहरुको टोली लिएर तत्तकालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाई भेटन गएको स्मरण गर्नुभयो । चाइनिज कम्पनीले आफ्नो कम्पनीलाई ४८ करोड दिन बाँकी रहेको बताउंदै उहांले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भएको आरोप लगाउनुभयो । गुरुङ बैंकिङ कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उहांको उम्मेदवारी खारेज गरेको थियो ।
निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजी विरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेपनि शुरुमा उम्मेदवारी कायम राख्न गरेको अन्तरिम अल्पकालिन आदेशलाई निरन्तरता नदिने फैसला गरेपछि गठबन्धनले जनमुक्ति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पांच दलीय गठवन्धनले जनमुक्तिका थापालाई सहयोग गर्ने


सत्तारुढ पाँच दलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने सहमति गरेका छन् ।
गठबन्धन र जनमुक्ति पार्टीले शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका हुन् । जस अनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । यहाँ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई सघाउने निर्णय गरेको हो ।
सहमति अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार जनमुक्ति पार्टीका रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा मिनबहादुर पल्ली मगर र प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र नं. १ डिवि थापा, क्षेत्र नं. ३ मोजिव अली, क्षेत्र नं. ४ मा जवाहर अली र क्षेत्र नं ५ मा भैरव थापाको उम्मेदवारी निष्कृय गरिएको गठबन्धन र जनमुक्ति पार्टीले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनाल र जनमुक्तिका तर्फबाट प्रेम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

≪ Previous Post

मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल

Next Post ≫

कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढ्छौं : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क