Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0
मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल
80
SHARES
ShareTweet

देवदह, १२ कात्तिक । रुपन्देही क्षेत्र नं. १ बाट गठबन्धन दलको समेत समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग छलफल तथा भेटघाटलाई तिब्र पार्नुभएको छ । त्रिभुुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले यस क्षेत्रका ३३ वटै वडामा सम्पर्क कार्यालयहरु स्थापना गर्ने काम शनिबार देखि थाल्नुभएको छ । प्रतिनिधि सभातर्फ भुसाल र प्रदेशसभा (क) मा विश्वनाथ यादव तथा (ख) मा अब्दुल रज्जाक उम्मेदवार छन् । यी उम्मेदवारलाई जिताउन गठबन्धनका दलले शनिबार पहिलो सम्पर्क कार्यालय रोहिणी गाउँपालिकाको वडा नं. ७ मा खोलेका छन् ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै एमाले परित्याग गरेर उम्मेद्वार बनेका नेता भुसालले मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो । नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको यात्रामा लागेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबरोध सृजना गरेको उहांले बताउनु भयो । ओलीले संसद र संविधानलाई प्रहार गरेर राजनीतिक अस्थिरता उत्पन्न गराएको उहांको भनाई थियो । झण्डै दुईतिहाइ जनमतको उपेक्षा गरेर ओलीले संसद विघटन गरेर जनमत आफूले दाइजो पाएजस्तो गरेको उहांको टिप्पणी थियो । ओलीले एमाले पार्टीलाई समेत निजी कम्पनी जस्तो बनाएर हुकुमी शासन चलाउदा राजनीतिक अस्थिरता सृजना भएको र पार्टीमा समेत बिभाजन आएको चर्चा गर्नुभयो । राणाहरुले जस्तै हुुकुमी शासन चलाउन खोज्दा सत्ताच्युत समेत हुनुपरेको ओलीले विर्सन नहुने उहांको भनाई छ ।
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार द्वय अब्दुल रज्जाक र विश्वनाथ यादवले जनता र देशको समग्र विकासको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
गठबन्धनका दलले शनिबारै रोहिणीको वडा नंं १, २ र ३, देवदहको ११ र १२ तथा ओमसतियाको ४ मा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् । यी कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिनुभयो । केसीका अनुसार कात्तिक १६ गतेसम्म क्षेत्र नं. १ का ३३ वटै वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरिने छ ।

≪ Previous Post

एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

Next Post ≫

राजु गुरुङको प्रश्न : कानुनमा अनविज्ञता हुँदैन, तर वालुवाटार काण्डमा पौडेल कसरी चोखिए ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क