Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0
एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह
70
SHARES
ShareTweet

बुटवल, १२ कात्तिक । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आह्वान गर्नुभएको छ । प्रतिगमनका बिरुद्व पांच दलीय गठबन्धन बनेकाले प्रतिगमनलाई हराउन गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उहांले बताउनुभयो । गठबन्धन दलका अगुवा कार्यकर्तालाई शनिबार बुटवलमा प्रशिक्षण दिंदै नेता सिंहले गठबन्धनले जिते मात्र प्रतिगमनले हार्ने बताउनुभयो ।
गठबन्धन देशको राष्ट्रिय आवश्यक्ता भएको महामन्त्री सिहंको तर्क छ । उहांले एमालेबाट प्रतिगमनको खतरा रहेको बताउंदै लामो समय लडेर ल्याएको गाणतन्त्रलाई बचाउनुको अर्को विकल्प नभएको बताउनुभयो ।
दुई दुई पटक संसद विघटन र अहिले चुनावमा गणतन्त्र बिरोधी शक्ति राजाबादीसंग भएको साठगांठले एमालेबाट प्रतिगमनको खतरा छ भन्ने पुष्टि हुदै गएको बताउनुभयो । अहिले ओलीको नेतृत्वमा एमालेले जुन नीति अपनाएको छ, त्यसले प्रतिगामी दिशा समातेको छ भन्ने कुरा स्पष्ट भएको नेता सिंहको दावी छ ।
पांच दलबीच सैद्वान्तिक र नीतिगत रुपमा मतभेद रहेपनि प्रतिगमनका बिरुद्व गणतन्त्रका पक्षमा एक मत भएपछि गठबनधन भएको उहांले बताउनुभयो । सय वर्षको लामो संघर्ष र वलिदानद्वारा प्राप्त भएको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाका लागि पांच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजय बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्यूठान रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जीसी, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेपाली कांगे्रसका वालाराम पौडेल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल, सञ्चारकर्मी तथा पर्यटन व्यवसायी प्रदीप जीसी, विनोद पोखरेल लगायतले बोल्दै प्यूठानसहित देशभरका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पांचै दलका नेताहरुलाई एक साथ भएर लाग्न सुझाव दिएका छन् ।
उनीहरुले पार्टी– पार्टीबीचमा हिजोका दिनमा भएको तिक्तालाई भुलेर प्रतिगमनका बिरुद्व दलगत स्वार्थ भन्दामाथि उठेर गठबन्धनका सबै उम्मेदवारलाई जिताउन दलका नेताहरुलाई संक्रिण सोंच त्यागेर अगाडी बढ्न उनीहरुले आग्रह गरेका छन् ।

≪ Previous Post

२०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा

Next Post ≫

मुलकको समृद्ध विकासको लागि राजनीतिक स्थिरता आवश्यक :भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क