Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ २०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०७९ · 0
२०७४ सालको निर्वाचनमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको हो : निरञ्जन थापा
150
SHARES
ShareTweet

भैरहवा, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको बताउनुभएको छ । उहांले आफ्नो पार्टीको उम्मेदवार भएका कारणले दीपक बोहरालाई भोट हाल्नु हुँदैन भन्नेबाहेक कांग्रेसले भन्नलाई अन्य कारण नरहेको दावी गर्नुभयो ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले भन्नुभयो–‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज भोट दिनुहुँदैन भन्ने कारण दिनुपर्यो, बोहराजीलाई भोट किन नदिने भन्ने ठाउँ नै छैन, हिजोका दिनमा उहाँलाई कांग्रेसले नै समर्थन गरेको थियो ।’
विकास प्रेमी नेता दीपक बोहरा जनताको मनमा बस्न सफल नेता भएको उहांले दावी गर्नुभयो । राप्रपा, एमाले र जसपा राष्ट्रवादी शक्ति भएको उहांको भनाइ छ । बैंक ब्याजदर बढेको भन्दै सडकमा उत्रिन बाध्य उद्योगी व्यवसायीले पाँचदलीय गठबन्धनलाई मत दिनुहुँदैन भन्ने कुरा बुझेको थापाले बताउनुभयो । उहांले भन्नुभयो–‘सरकारको गलत नीतिका कारण रुपन्देहीका पाँचवटा स्टिल उद्योग बन्द भएका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलायन्सले उडान कटौती गरेको छ, अझ सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिडेका छन् ।’
निर्वाचन आयोगले बारम्बार सतारुढ दलका नेताहरुलाई स्पष्टीकरण सोधिरहेकोले सरकारले निष्पक्ष निर्वाचन गराउँछु भन्ने कुरामा शंका उत्पन्न भएको नेता थापाको भनाइ छ ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य महेन्द्र यादवले महंगी बढाउने पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने दावी गर्नुभयो । उहांले वर्तमान सरकारले महंगी, बैंक ब्याजदर बढाएको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाले सतारुढ गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेता यादवले भैरहवाको विकासमा विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य डासुराम पाण्डेले मुलुक यतिबेला गम्भिर परिस्थितिकाबीच अगाडि बढेको बताउंदै एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतका साथ जिताउनुपर्नेमा जोड दिनुभयो । पाँचदलीय गठबन्धन सरकारले मुलुकमा भ्रष्टाचार र महंगी बढाएको उनको आरोप छ ।
एमाले सिद्धार्थनगर–९ का अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलमको स्वागत तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले उद्घाटन गर्नुभएको थियो ।

≪ Previous Post

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

Next Post ≫

एमालेबाट प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क