Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज
120
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।
यसअघि, गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश गरेको थियो ।
रिटमा विपक्षी बनाइएका निर्वाचन आयोग, नेपाल राष्ट्र बैक, कर्जा सूचना केन्द्र लिमिटेड हेरिटेज प्लाजा, सिद्धार्थ बैंक लिमिटेड, रुपन्देही जिल्ला निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बुटवल÷मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालय रुपन्देही भैरहवालाई अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशमा छलफल गर्नका लागि उपस्थित हुने आदेश जारी गरिएको थियो । तर, शुक्रबारको संयुक्त इजलासले त्यसलाई निरन्तरता नदिने आदेश गरेको छ ।
“कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन” सर्वोच्चको आदेशमा भनिएको छ ।
शुक्रबारको सुनुवाइमा गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ताहरु हरीहर दहाल, शम्भु थापा, हरिप्रसाद उप्रेती, रमणकुमार श्रेष्ठ, डा. चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी र शंकर सुवेदी तथा अधिवक्ताहरु अम्बरबहादुर राउत, नारायणप्रसाद पराजुली, रक्षा बस्याल र शुलभ खनाल बहसका लागि उपस्थित भएका थिए ।
गुरुङका तर्फबाट बहस गर्ने वकिलहरुले गुरुङविरुद्ध उमेदवारी खारेज गर्नका लागि ल्याइएको उजुरी निर्वाचन आयोगले तोकेको समय भित्र दर्ता नभएको तर्क गरेका थिए । त्यस्तै, चेक अनादरको मुद्दामा कारबाही भएर गुरुङलाई कालोसूचीमा राख्ने फैसलाविरुद्ध उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको हुँदा, सो मुद्दामा अन्तिम फैसला मान्न नमिल्ने समेतको दाबी गरेका थिए ।
निर्वाचन आयोग, निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको तर्फबाट उपस्थित भएका सहमहान्यायधिवक्ता सञ्जिव रेग्मीले गुरुङको उमेदावरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम नै खारेज गरिएको र गुरुङ निर्वाचनमा उमेदवार हुनको लागि अयोग्य रहेको बताएका थिए ।
बैंकिङ कसूरमा कालोसूचीमा नाम रहेको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेजी गरिदिएको थियो ।

≪ Previous Post

सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

Next Post ≫

कपिलबस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, २ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क