Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा
90
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । सभापति देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको दश बीस बर्षनै गठबन्धनबाट अघि बढ्ने समेत उहांको भनाइ छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहांले बताउनुभयो ।
गठबन्धन दलले आज रुपन्देहीको तिलोत्तमा नगरपालिका योगिकुटी स्थित होटल पौवामा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गर्नुभयो ।
यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन प्रधानमन्त्री देउवाले भन्नुभयो–‘अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ ।’ गठबन्धनको खिलाफमा कतिपयले भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे । हामी को अराष्ट्रवादी छौं यहाँ ? देउवाले प्रश्न समेत गर्नुभयो ।
‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन् । राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’, प्रधानमन्त्री देउवाको भनाइ छ ।
उहाले अगाडि भन्नुभयो , ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउननहुने उहांको भनाइ छ । देउवाले कांग्रेसले सबैभन्दा बढी उदारता देखाएर गठबन्धनलाइ सफल बनाउनुपर्ने बताउनुभयो । ‘साथीहरुले मलाइ सम्मान गरेर प्रधानमन्त्री बनाउनुभएको हो, त्यसैले पनि गठबन्धन बचाउन कांग्रेसको अझै धेरै जिम्मेबारी छ, उहांको भनाइ छ ।
गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उहांले एक–आपसमा शंका र बेईमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भनि कार्यकर्तालाई सचेत गराउनुभयो । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ।’–देउवाले भन्नुभयो– ‘प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । शंका उपसंका नगरौं ।’

≪ Previous Post

निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरिएको होइन : प्रचण्ड

Next Post ≫

रुपन्देही – २ : सर्वोच्चद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क