Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0
रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी
130
SHARES
ShareTweet

भैरहवा, २ कात्तिक । भैरहवाका उद्योगी व्यवसायीहरूले रुपन्देही र विशेषगरी भैरहवा क्षेत्रको विकासका लागि केन्द्रमा बलियो पकड भएको व्यक्तिले आगामी निर्वाचन जित्नु पर्नेमा जोड दिएका छन् ।
भैरहवामा भएको उद्योगी ब्यवसायी विचको छलफलमा उनीहरुले व्यापार व्यवसाय र उद्योगको अस्तित्व बचाउन बेलैमा ध्यान पु¥याउनु पर्ने बताएका छन् । अबको निर्वाचनमा पार्टीले के भन्छ होइन, कसलाई जिताउँदा आफ्नो भविष्य के हुन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने व्यवसायीहरूको भनाइ थियो ।
रुपन्देही ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, प्रदेश सभा रुपन्देही क्षेत्र नम्बर ३ (क)का उम्मेद्वार सन्तोष पाण्डेलगायत सहभागि छलफलमा उद्योगी व्यवसायीहरूले भविष्यमा उद्योग व्यवसाय चलाउन जसलाई जिताउँदा सहज हुन्छ, उसैलाई जिताउनु पर्ने बताए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पु¥याउने निर्णय लिने बेला आएको बताउनुभयो । ‘आफ्नो उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पु¥याउने, निर्णय लिने निर्वाचनमा हो,’ प्रदेश अध्यक्ष शर्माले भन्नुभयो– ‘उद्योगी ब्यवसायी र देशको अस्तित्व बचाउन ध्यान पु¥याउनु पर्ने बेला यहि हो ।’
व्यवसायी नारायण अग्रवालले यस क्षेत्रको विकासका लागि लागिपरेका नेता बालकृष्ण खाँणलाई भैरहवा क्षेत्रबाट उम्मेद्वार पाउँदा आफुहरू आशावादी भएको बताउनुभयो ।
व्यवसायीहरूले उद्योग व्यवसाय फस्टाउने र मुलुकको विकासका लागि आफूहरूले योगदान दिनसक्ने वातावरणको निर्माणगर्न केन्द्रमा सरकार निर्माण गर्न सक्ने पार्टी र मन्त्री बन्न सक्ने उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताएका थिए ।
व्यवसायीहरूले भारतीय सीमा नजिक भएको जिल्ला भएकाले चोरीका सामान आएकाले आफूहरूलाई व्यवसाय धान्न गाह्रो भएको, उद्योगले उत्पादन गरेको सामान अन्य मुलुकमा निर्यात गरेवापत पाउने छुटमा कटौति गरिएको, अन्तर्राष्ट्रिय विमानस्थालमा आउने उडानमा कमी आएको प्रति विशेष ध्यान दिन गृहमन्त्री खाँणलाई आग्रह गरेका थिए ।
गृहमन्त्री खाँणले आफूले यस क्षेत्रको विकास र उद्योग व्यवसायलाई फस्टाउने वातावरण निर्माण गर्न भरमग्दुर प्रयास गर्ने बताउनु भयो । उहाँले व्यवसाय फस्टाएमा मात्रै राज्यलाई उद्योगले कर तिर्ने र त्यो करले राज्य सञ्चालनमा सहज हुने बताउनु भयो ।
उहाँले स्थानीय तहको निर्वाचनका आधारमा कांग्रेस पहिलो पार्टी भएको र मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा बहुमत आएर प्रदेश र केन्द्रमा सरकार निर्माण गर्ने अवस्था निर्माण भएमा अहिले उद्योगी व्यवसायीले भोग्नु परिरहेका समस्या भोग्न नपर्ने बताउनु भयो ।

≪ Previous Post

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

Next Post ≫

बिभिन्न पार्टी परित्याग गरी १७६ जना एमालेमा प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क