Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0
स्थानीयकै सहमतिमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र : गृहमन्त्री खाँण
90
SHARES
ShareTweet

सेमलार, २ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा र कोही बिस्थापित हुननपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुुभएको छ । स्थानीयको सहमति र सहभागिता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगिक क्षेत्र निमार्ण गर्दा पुुस्तौ देखि बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापित हुुननपर्ने गरी काम अगाडी बढाईएको जानकारी दिनुुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधीसभा उम्मेदवार समेत रहनुुभएका मन्त्री खाँणले चुनावी प्रचार प्रसारका क्रममा बुटवल उपमहानगरपालिका १४ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीयको रायसुुझाव र सहमति बेगर बिगतमा औद्योगिक क्षेत्र निमार्ण गर्न खोज्दा समस्या भएको उल्लेख गर्दै समस्या समाधानकालागि कार्यदल बनिसकेको र कार्यदलको सुुझाव अनुसार नै काम अगाडी बढ्ने बताउनुुभयो । पाँच वर्षभित्र निर्माण पूरागर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र एकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । यो समस्या समाधान गर्नको लागि गृहमन्त्री खाँणकै पहलमा बनेको कार्यदलले औद्योगिक क्षेत्रको जग्गा नापजाँच गरिसकेको छ । प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका सयोजक उमाकान्त चपाईले जानकारी दिनुुभयो ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने एकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’–उहाँले भन्नुभयो । २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदन पछि अघि बढ्ने गरी काम अगाडी बढेको छ ।
मन्त्री खाँणले चुनावी प्रचार प्रसार अभियान अन्तर्गत बुटवल १५ र १६ मा आयोजित चुनावी सभा तथा प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई पनि सम्वोधन गर्नुभएको थियो ।

≪ Previous Post

५ लाख बढिको अवैध चाँदी सहित दुई भारतीय नागरिक पक्राउ

Next Post ≫

रुपन्देहीको समग्र विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क