Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0
समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित
80
SHARES
ShareTweet

नेपालको संबिधान संसारकै उत्कृष्ट संबिधान : प्रदेश प्रमुख शेरचन

सियारी, ४ असोज । रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न विधाबाट समाजमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भई शिक्षा, स्वास्थ्य, रोगजार, समाजसेवा र पर्यापर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका ८ जनालाई पालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले सामाजिक विधाबाट सियारी ६ का भवानी शंकर सापकोटा, शिक्षा बिधाबाट सियारी २ का डा. रामप्रसाद आचार्य, सामाजिक तथा शिक्षा विधाबाट सियारी ६ का भरत अर्याल, सामाजिक तथा शिक्षा बिधाबाटै सियारी ७ का सुन्दर प्रसाद गुप्ता, महिला विकास बिधाबाट सियारी ४ की विना सुवेदी, स्वास्थ्य बिधाबाट डा. बिष्णु पौडेल, खोज अनुसन्धान तथा स्वास्थ्य सेवाबाटै सियारी ४ का डा. बिष्णु मरासिनी र पर्यापर्यटन विधाबाट सियारी ४ का गौरब गौतमलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनीहरुलाई संबिधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका प्रमुख अमिक सेरचनले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान पछि बोल्दै प्रदेश प्रमुख सेरचनले नेपालको संबिधान संसारकै उत्कृष्ट संबिधान भएको उल्लेख गर्दै यसको कार्यन्वयनमा लाग्न सबै पक्षलाई आग्रह गरे । प्रदेश प्रमुख सेरचनले संबिधानले निर्दिष्ट गरेका कुरालाई कार्यान्वयन गर्न सके नेपालको आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृत पक्षको बिकास भई मुलुकको बृहत्तर विकास हुने उल्लेख गरे ।
संविधानकै कारण सम्पुर्ण नागरिकले आफ्नै घरदैलोमा सरकार भेटाउन पाएका छन्, यही सरकारले नागरिकका समस्या बुझेर सम्बोधन गर्दै पनि आएको छ प्रदेश प्रमुख सेरचनले भने–‘लोकतन्त्रको मसिया ठान्ने देशका संबिधानले पनि यति राम्रो गरी सम्बोधन गर्न सकेको छैन ।’
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिभिन्न क्षेत्रबाट सियारीको पहिचानमा टेवा पु¥याएका व्यक्तिलाई सम्मान गरिएको बताए । अध्यक्ष घिमिरेले शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक तथा महिलाका क्षेत्रबाट समाजका लागि बिशेष योगदान पु¥याएका ८ जनालाई सम्मान गरिएको बताउदै यस कार्यले सियारीको गरिमा बढाउने अपेक्षा लिएको बताए । उनले सियारीको उन्नयनमा टेवा पु¥याउने व्यक्तिलाई निरन्तर सम्मान गर्दै जाने बताए ।
प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागत र लेखा अधिकृत नारायण पौडेलको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी भवानी शंकर सापकोटा, मेगनाथ शर्मा, बिना सुवेदी, सुर्यनारायण यादव, डा. रामप्रसाद आर्चाय, वडा नम्बर ५ का अध्यक्ष धनपति खरेल, नेकपा एसका नेता श्रीराम यादव लगाएतले बोल्दै सियारीले सामाजिक उत्तरदायित्व अन्तरगत उल्लेखनिय कार्य गर्दै आएको बताए ।
सो अवसरमा संविधान दिवसको अससरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतिय र सान्त्वना भएका शिक्षक तथा शिक्षिकालाई पुरस्कार वितरण गरिएको थियो ।

≪ Previous Post

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

Next Post ≫

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क