Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0
रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
60
SHARES
ShareTweet

बुटवल, ६ असोज । सिकलसेल र अटिजम विरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अटिजम भएका बालबालिको लागि रुपन्देहीमा विशेष विद्यालय सञ्चालनको तयारी गरेको छ । क्लवले अटिजम विशेष विद्यालय सञ्चालनको लागि आवश्यक अध्ययन गरिरहेको क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराए ।
अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, कृयाकलाप लगायतका कुराहरुमा अस्वभाविक व्यवहार देखा पर्ने अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेती बताउछन् । यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन । यद्यपी वैज्ञानिकहरुले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।
डा. रुपाखेतीका अनुसार नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जस अनुसार नेपालमा ३ लाखमा र लुम्बिनी प्रदेशमा ८ देखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । अहिलेसम्म यस विषयमा कुनै अध्ययन भने भएको छैन । रुपन्देही जिल्लामा करिव २५० जना अटिजम केयर सोसाईटीको सम्पर्कमा आएका छन् ।
रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनको लागि रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय र अटिजम केयर सोसाईटी लुम्बिनीसंग छलफल गरिसकेको छ । लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार (तिलोत्तमा नगरपालिका), शान्ति नमुना माध्यमिक विद्यालय र अटिजम केयर सोसाईटीबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष भण्डारीले बताए ।
त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा प्रोजेक्टमा सहयोग गर्नको लागि क्लवले जापानको रोटरी सेटेलाईट क्लव अफ बाको २१ साकितामालाई प्रस्ताव गरेको छ । त्यहाँबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।

अटिजम भनेको के हो ?

अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।

अटिजम हुनुको कारण के हो ?

यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुनसक्छ ।

अटिजमको सामान्य लक्षणहरु के–के हुन् ?

  • एक्लै खेल्न मन पराउने,
  • आँखा जुधाउन नसक्नु,
  • अस्वभाविक रुपमा हाँस्ने वा कराउने,
  • उमेर अनुसार बोली नफुट्ने,
  • आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने,
  • घाउचोट लाग्दा दुखाई महशुस नहुनु,
  • सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु,
  • साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु,
  • उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु,
  • ठूलो आवाज सुन्दा कान थुन्ने,
  • झर्को लागेको जस्तो व्यवहार देखाउने,
  • एउटै मात्र खेलौना खेलिरहनु,
  • सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु,
≪ Previous Post

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

Next Post ≫

दशैं, तिहार छठलगायतका चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क