Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0
समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना
120
SHARES
ShareTweet

बुटवल, ४ असोज । तोकिएको समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखले निर्वाचन आयोगलाई जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना तिर्नुपर्नेमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुख रहेका छन् ।
निर्वाचन आयोगले समयसीमाभित्र चुनावी खर्च विवरण आयोगमा नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खां, देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ ।
आयोगले ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिकाका अध्यक्षलाई जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना ताकेको छ । रुपन्देहीमा १६ वटा स्थानीय तह (पालिका) रहेका छन् ।
रुपन्देहीका ५ नगरपालिकामध्ये तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भने समयसीमा भित्रै निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।
तिलोत्तमामा खाँणका निकटतम प्रतिद्वन्द्वी मोहन चापागाईंलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने र सो समयभित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र विजयी तथा पराजित उम्मेदवारहरुले आयोगमा खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।
त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । ८ हजार ६ सय ६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका आयोगले जनाएको छ ।

≪ Previous Post

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

Next Post ≫

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क