Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0
समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना
120
SHARES
ShareTweet

बुटवल, ४ असोज । तोकिएको समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखले निर्वाचन आयोगलाई जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना तिर्नुपर्नेमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुख रहेका छन् ।
निर्वाचन आयोगले समयसीमाभित्र चुनावी खर्च विवरण आयोगमा नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खां, देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ ।
आयोगले ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिकाका अध्यक्षलाई जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना ताकेको छ । रुपन्देहीमा १६ वटा स्थानीय तह (पालिका) रहेका छन् ।
रुपन्देहीका ५ नगरपालिकामध्ये तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भने समयसीमा भित्रै निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएको आयोगले जनाएको छ ।
तिलोत्तमामा खाँणका निकटतम प्रतिद्वन्द्वी मोहन चापागाईंलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने र सो समयभित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र विजयी तथा पराजित उम्मेदवारहरुले आयोगमा खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।
त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । ८ हजार ६ सय ६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका आयोगले जनाएको छ ।

≪ Previous Post

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

Next Post ≫

समाजमा योगदान पुर्याएका ८ जना सियारी गाउँपालिकाबाट सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क