Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७९ · 0
धानबालीमा क्षति भएका तिलोत्तमाका किसानले पाए क्षतिपूर्ति
70
SHARES
ShareTweet

तिलोत्तमा,४ असोज । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका तिलोत्तमा नगरपालिकाका किसानले क्षतिपूर्ति पाएका छन् ।
गत वर्ष धान भित्राउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका हुन् । तिलोत्तमा नगरपालिकाले मंगलबार एक कार्यक्रमकाबीच पीडित किसानहरुलाई राहत रकम ८ लाख ९६ हजार ७४१ रुपैँया वितरण गरेको हो । पीडित किसानले आफ्नो बालीमा भएको क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका छन् ।
भदौ १० गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सूचिकृत पीडित किसानहरुलाई क्षतिपूर्ति रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिका किसानहरूको अभिभावक भएको भन्दै बेमौसमी बर्षाका कारण समस्यामा परेका किसानहरूलाई पहिलो किस्ता वापतको राहत रकम वितरण गरिएको बताए ।
उनले किसानहरुका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको भन्दै धानबाली भित्राउने बेलामा वर्षाका कारण धान बालीमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ता वापतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि पहल गरिरहेको बताए ।
नगरप्रमुख खाँणले यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबाली सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताए । किसानहरूले लगाएको बाली पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बाली शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालीमा क्षति भएको छ सो विवरण संकलन गर्न समिति गठन गर्ने तयारी रहेको उनले बताए ।
राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत दोमलाल भुसालले बताए । १० कट्ठासम्म धानबाली भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेति गरेकालाई मध्यम र सो भन्दा माथि धानबाली लगाएका किसानलाई उच्च वर्ग भनि विभाजन गरिएको थियो ।
निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताए । राहत रकमका लागि २७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताए ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायतले किसानलाई परेका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए ।

≪ Previous Post

सरकारी कार्यालयहरु लैंगीकमैत्री हुनुपर्नेमा जोड

Next Post ≫

समयमा चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई आयोगले तोक्यो जरिवाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क